राष्ट्रिय लिग २०८२ मा त्रिभुवन आर्मी क्लबले चित्लाङ एफसीलाई ५-१ गोलले हराएको छ।
खेलको २६ मिनेटमा म्याथ्युको गोलबाट चित्लाङले अग्रता लियो।
४० मिनेटमा दिनेश हेन्जनले आर्मीका लागि बराबरी गोल गरे। पहिलो हाफको इन्जुरी समयको पहिलो मिनेटमा नवयुग श्रेष्ठले दोस्रो गोल गरेपछि आर्मीले खेलमा अग्रता लियो।
दोस्रो हाफमा आर्मीले पाँच गोल गर्यो। आर्मीका लागि नवीन लामाले ६३ मिनेटमा तेस्रो गोल गर्दा ८२ मिनेटमा दिनेशले व्यक्तिगत दोस्रो र टोलीका लागि चौथो गोल गरे।
८५ मिनेटमा नरेन्द्र चौधरीले आत्मघाती गोल गरेपछि आर्मीले सहज जित निकाल्यो।
लिगका अन्य खेलमा शनिबार मछिन्द्र क्लबले प्लाइनिङ ब्वाइजलाई २-० गोलले हराएको छ।
उसका लागि सौरभ सुब्बाले ४१ मिनेट र जोनाथनले ७४ मिनेटमा गोल गरे।