राष्ट्रिय लिग २०८२ अन्तर्गत चर्च ब्वाइज क्लबले दोस्रो जित हात पारेको छ।
चर्च ब्वाइजले बिहीबार भएको खेलमा नव जनजागृति युवा क्लबलाई ६-१ गोलले हरायो।
चर्च ब्वाइजका लागि मिलन राईले ह्याट्रिक गरे। उनले खेलको २०, ४१ र ६१ मिनेटमा गोल गरे।
यस्तै फाफुन्लेले तेस्रो र ३१ मिनेटमा गरी दुई गोल गरे। एरिक विष्टले आठौं मिनेटमा एक गोल गरे।
नव जनजागृतिका लागि जोन बोइरले ८१ मिनेटमा गरेको गोल सान्त्वना बन्यो।
जारी लिगमा चर्च ब्वाइज चार खेलबाट सात अंक जोड्दै सातौ स्थानमा छ। जनजागृति भने चारै खेलमा पराजित हुँदै पुछारमा छ।
यता न्युरोड टिम एनआरटीले संकटा क्लबलाई ३-१ गोलले हराएको छ। खेलमा संकटाका ड्यानियल बाडारु २४ मिनेटमा दोस्रो पहेँलो कार्ड पाउँदै रातो कार्ड बाहिरिए। त्यसअघि उनले खेलको तेस्रो मिनेटमा पहेँलो कार्ड पाएका थिए।
एनआरटीले ११ मिनेटमा कृतिश रत्न छुन्छुले पहिलो गोल गरे। ५१ मिनेटमा संकटाका बिल्गोको गोलले आत्मघाती गोल गर्दा एनआरटीको अग्रता दोब्बर बन्यो।
५६ मिनेटमा संकटाका कृष्णबहादुर आलेले गोल फर्काए। तर ६७ मिनेटमा एनआरटीका टोमिथीले गोल गर्दा खेल ३-१ को अवस्थामा आयो। ८६ मिनेटमा उनै टोमिथी दोस्रो कार्ड पाउँदै बाहिरिन बाध्य भए।
एनआरटी पाँच खेलबाट १२ अंक जोडेर दोस्रो स्थानमा छ भने संकटा पाँच अंकसहित आठौं स्थानमा छ।