राष्ट्रिय लिग २०८२ अन्तर्गत सोमबार भएका दुवै खेल गोलरहित बराबरीमा सकिएका छन्।
दिनको पहिलो खेलमा सातदोबाटो युथ क्लब र चित्लाङ एफसी गोलरहित खेल्दै अंक बाँडे।
यस्तै लालिगुराँस एफसी र मछिन्द्र क्लबबीचको खेल पनि गोलरहित बराबरीमा सकियो।
अंक तालिकमा मछिन्द्र ५ खेलबाट १३ अंक जोड्दै शीर्ष स्थानमा छ। लालिगुराँस ११ अंक जोडेर पाँचौ स्थानमा छ।
दशौं स्थानको सातदोबाटो र एघारौं स्थानको चित्लाङको पाँच पाँच अंक छ।