सहिद स्मारक महिला लिगमा त्रिभुवन आर्मी क्लब र संकटा क्लबले सुखद सुरुवात गर्न सफल भएका छन्।
बुधबार भएको खेलमा आर्मीले झापालाई ५-० गोलले हराएको थियो।
च्यासल मैदानमा आर्मीका लागि दीपा शाही, हिमा चौधरी र तुलसा बोहारले एक एक गोल गरे।
अन्जना थुलुङले दुई गोल गर्दा आर्मीले जित निकाल्न सफल भयो। आर्मीले पाँचै गोल दोस्रव हाफमा गरेको थियो।
लिगको उदघाटन खेलमा संकटाले एनआरटीलाई चार शून्य गोलले हराएको थियो।