नेपालले एएफसी एसियन कप छनोटमा निराशाजनक प्रदर्शन गरेको छ। अन्तिम खेलमा मंगलबार नेपालले लाओससँग १-० गोलको हार ब्यहोरेको छ।
यससँगै ‘एफ’ मा नेपाल पुछारमा रहेर तेस्रो चरणको खेल सकेको छ।
लाओसले घरेलु मैदानमा दोस्रो हाफको सुरुवातमा अग्रता लिएको थियो। उक्त अग्रता अन्तिमसम्म जोगाएपछि छनोटको दुवै खेलमा लाओसले नेपाललाई हराउन सफल भयो।
अघिल्लो खेलमा पनि लाओसलाई नेपाललाई २-१ ले हराएको थियो।
यो खेल नेपालको होम म्याच भए पनि दशरथ रंगशालाले अन्तर्राष्ट्रिय मान्यता गुमाउँदा खेल लाओसमै भएको हो।
समूहमा नेपालले यसअघि भियतनामविरूद्धको दुवै खेल गुमाएको थियो। यस्तै मलेसियाविरूद्धका दुवै खेलमा पराजय भोगे पनि एक खेलको नतिजा भने उल्टाउँदै नेपालको पक्षमा दिइएको थियो।
समूह 'एफ' बाट भियतनाम शीर्ष स्थानमा रहँदै छनोट भइसकेको छ। दोस्रो स्थनको मलेसियाको ९ अंक रहदै बाहिरिएको थियो।
नजिता उल्टिएपछि नेपाल नेपाल चौथो स्थानमा ३ अंक रह्यो। लाओसलाई आज नेपाललाई हराएसँगै ६ अंक जोडेर तेस्रो भयो।
समूहबाट मलेसियासँगै नेपाल र लाओस यसअघि नै बाहिरिएका थिए।