नेपाली महिला राष्ट्रिय फुटबल टोलीकी मिडफिल्डर प्रिति राईले अब कम्बोडियन महिला लिग खेल्ने भएकी छिन्।
उनले कम्बोडियाको प्रेह खान रिच स्वाय रिएङ एफसीसँग आगामी सिजनका लागि सम्झौता गरेकी हुन्।
क्लबले कम्बोडियाको शीर्ष डिभिजनको लिग कम्बोडियन वुमन्स लिग खेल्छ।
प्रिति २०२६ को लिगका लागि आबद्ध भएकी हुन्। लिगमा आठ टोलीले प्रतिस्पर्धा गर्नेछन्।
यसअघि प्रितिले गत सिजन जोर्डनको महिला प्रो लिग खेलेकी थिइन्।
प्रितिले च्याम्पियन इतिहाद क्लबबाट गत सिजन खेलेकी थिइन्।
नेपाली टोलीमा उत्कृष्ट कौशल र प्राविधिक खेलका लागि परिचित प्रितिका कम्बोडियाको लिग तेस्रो विदेशी लिग हो।
प्रितिले गत सिजन जोर्डनबाट खेल्दा सन् २०२३ मा भारतको किकस्टार्ट एफसीबाट खेलेकी थिइन्।
सन् २०२१ मा नेपाली राष्ट्रिय टोलीमा १६ वर्षको उमेरमा डेब्यू गरेर गोल समेत गरेकी प्रिति घरेलु फुटलब एपिएफ क्लबबाट खेल्छिन्।