चैत २८ बाट विराटनगरस्थित सहिद रंगशालामा सुरू हुने विराट गोल्डकप फुटबलको ३८ औं संस्करणमा घरेलु टोलीको रूपमा सम्राट स्पोर्टिङ क्लब पहिलोपटक सहभागी बन्दैछ।
मोरङ जिल्लाको ए डिभिजन लिग आठपटक बितेको सम्राट स्पोर्टिङ क्लबका अध्यक्ष किरण गिरीले दिएको जानकारी अनुसार यसपटक क्लबले घरेलु टिमका रूपमा प्रतिष्पर्धा गर्दैछ।
‘ठूलो प्रतियोगितामा हामी पहिलोपटक प्रतिष्पर्धामा उत्रँदैछौं, हाम्रा खेलाडी, व्यवस्थापनहरू उच्च मनोबलसहित मैदानमा उत्रेर आफ्नो बेस्ट दिने प्रयासमा हुनेछन्,’ अध्यक्ष गिरीले भने।
क्राउड, फन्डिङ तथा कमिटी आधारित व्यवस्थापनबाट सञ्चालन हुँदै आएको क्लबले स्थानीय खेलाडीहरू समेटेर टिम बनाएको र उनीहरूको सहयोगका लागि अपिल पनि गरेको छ।
प्रतियोगितामा नेपाल र भारतका ८ टिमले सहभागिता जनाउँदैछन्।