युरोपियन च्याम्पियन्स लिगअन्तर्गत अन्तिम आठको पहिलो लेगमा गएराति जर्मन क्लब बायर्न म्युनिख र इंग्लिस क्लब आर्सनल विजयी भएका छन्।
स्पेनिस महारथी रियल म्याड्रिडको घरेलु मैदानमा भएको निकै प्रतिस्पर्धात्मक खेलमा बायर्न म्युनिखले २-१ को जित निकाल्न सफल भयो।
बायर्नका लागि लुइस डियाजले ४१ र ह्यारी केनले ४६ मिनेटमा गोल गरे। रियलका लागि केलियन एमबाप्पेले ७४ मिनेटमा गोल फर्काए।
यो हारसँगै रियल म्याड्रिडलाई आगामी यात्रामा केही दबाब थपिएको छ।
अर्को खेलमा लन्डन क्लब आर्सनलले पोर्चुगिज क्लब स्पोर्टिङ्ग सीपीमाथि १-० को कठिन जित दर्ता गरेको छ।
आर्सनलका लागि काइ हाभेर्ट्जले दोस्रो हाफको इन्जुरी समयको पहिलो मिनेटमा गोल गरेका थिए।
स्पोर्टिङ्गको मैदानमा भएको उक्त खेलमा आर्सनलले रक्षात्मक र संयमित खेल प्रदर्शन गरेको थियो।