कर्णाली याक्सले काठमाडौं गोर्खाज् विरूद्ध पहिलो विकेट लिएको छ।
दोस्रो ओभरको अन्तिम बलमा कर्णालीका कप्तान सोमपाल कामीले विकेट लिएका हुन्।
उनले अस्ट्रेलियाका चर्चित खेलाडी डेभिड वार्नरको विकेट लिएका हुन्।
दोस्रो ओभरको अन्तिम बलमा वार्नर बोल्ड आउट भएका हुन्।
उनले १० बल खेलेर ३ चौका प्रहार गर्दै १६ रन बनाए।
पहिले ब्याटिङ गरेको कर्णालीले काठमाडौंलाई १८१ रनको ठूलो लक्ष्य दिएको छ।