नेपाल प्रिमियर लिग (एनपिएल) को आज पहिलो खेलमा जनकपुर बोल्ट्सले लुम्बिनी लायन्सको सामना गर्नेछ। खेलमा जनकपुरले टस जितेर फिल्डिङ रोजेको छ।
एनपिएलको जारी सिजनमा लुम्बिनी अपराजित छ। उसले अहिलेसम्म तीन खेल खेलेकोमा एक खेल रद्द हुँदा बाँकी दुई खेल जितेको छ।
लुम्बिनीले पहिलो खेलमा सुदूरपश्चिमलाई पराजित गरेको थियो। वर्षाका कारण दोस्रो खेल रद्द भएपछि उसले चितवनसँग अंक बाँडेको थियो।
तेस्रो खेलमा पोखरालाई हराउँदै लुम्बिनी ५ अंक सहित तालिकाको शीर्ष स्थानमा छ। जनकपुरले चार खेल खेलिसकेको छ। आज ऊ पाँचौं खेल खेल्न लागेको हो। हालसम्म उसले दुई जित र दुई हार ब्यहोरेको छ।
पहिलो खेलमा कर्णालीसँग पराजित हुँदा दोस्रो खेलमा काठमाडौंलाई पराजित गरेको थियो। तेस्रो खेलमा पोखराविरूद्ध विजयी भएको ऊ चौथो खेलमा विराटनगरसँग पराजित भएको थियो। जनकपुर ४ अंकका साथ चौथो स्थानमा छ।
जनकपुर बोल्ट्स
अनिलकुमार साह, तृतराज दास, विशास शुस्लिङ, राहुल यादव, ललित राजवंशी, आदित्य महता, अभिषेक तिवारी, हर्मित सिंह (कप्तान), जिमी निशम, साइफ हसन, पर्वेज हुसेन।
लुम्बिनी लायन्स
रोहित पौडेल (कप्तान), सन्दीप जोरा, तिलकराज भण्डारी, आसिफ शेख, दिलिप नाथ, शेर मल्ल, रुबेन ट्रम्पलम्याच, निरोशन डिक्वेला, डार्शी सट, शमिम हुसेन, किशोर महतो।