दक्षिण अफ्रिकी क्रिकेटर डेभिड मिलर काठमाडौं आइपुगेका छन्।
उनी बुधबार बिहान त्रिभुवन विमानस्थल अवतरण गरेका छन्।
सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपिएल)मा उनी कर्णाली याक्सबाट खेल्नेछन्।
कर्णालीले तीन खेल खेलिसक्दा उनी काठमाडौं आएका हुन्। त्रिभुवन विमानस्थलमा कर्णाली याक्सका व्यवस्थापकहरूले उनलाई स्वागत गरेका थिए।
प्रतियोगितामा तीन खेलमध्ये दुई खेल जित्दै कर्णाली बलियो अवस्थामा छ।
उसले चौथो खेल शुक्रबार सुदूरपश्चिमसँग खेल्दै छ।
'हार्ड हिटर' मानिने बायाँ हाते ब्याटर मिलरको उपस्थितिले कर्णाली अझै बलियो बन्ने अपेक्षा छ।
उनले १८० एकदिवसीय अन्तर्राष्ट्रिय खेल्दै ४७६२ रन बनाएका छन्। १४० टी-२० अन्तर्राष्ट्रियमा २ हजार ८०४ रन बनाएका छन्।
तस्बिरहरूः
-ink-1793766870.jpeg)
-ink-1793766869.jpeg)
-ink-1793766869.jpeg)
-ink-1793766869.jpeg)
-ink-1793766869.jpeg)
-ink-1793766869.jpeg)
-ink-1793766869.jpeg)
-ink-1793766868.jpeg)
-ink-1793766868.jpeg)
-ink-1793766868.jpeg)
-ink-1793766868.jpeg)