कनेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणअन्तर्गत शुक्रबार चितवन राइनोजविरुद्ध पोखरा एभेन्जर्सले आफ्नो प्लेइङ ११ मा चार परिवर्तन गरेको छ।
पोखराले आजको खेलमा कप्तानीको जिम्मेवारी करुणारत्नेलाई दिएको छ।
पोखराले टस जितेर पहिले फिल्डिङ गर्ने निर्णय गरेको छ। लगातार तीन खेलमा पराजित पोखरा आज पहिलो जितको खोजीमा छ। अर्कोतर्फ चितवन पनि जित निकाल्दै अंकतालिकामा आफ्नो स्थिति सुधार गर्ने लक्ष्यमा छ।
पोखराले कुशल भुर्तेलको स्थानमा करुणारत्नेलाई कप्तानको जिम्मेवारी दिएको छ। त्यस्तै, विपिन आचार्य र आकाश चन्दको स्थानमा सागर ढकाल र सुदीप अर्यालले टोलीमा स्थान बनाएका छन्।
सकिब अल हसनको स्थानमा क्यानडाका युवा ब्याटर युवराज साम्रा खेल्दैछन्।
यता चितवनले पनि आफ्नो प्लेइङ ११ मा दुई परिवर्तन गरेको छ। देव खनालको स्थानमा कुशल मल्लले मौका पाएका छन्। टम टेलरको स्थानमा डान मोस्ली छन्।
अंकतालिकामा चितवन तीन खेलबाट एक जित, एक हार र एक खेल रद्द हुँदै ३ अंकसहित सातौं स्थानमा छ। पोखरा भने लगातार तीन खेलमा पराजित हुँदै अंकविहीन छ र आठौं स्थानमा छ।
दुवै टोलीको प्लेइङ ११
चितवन राइनोज : कुशल मल्ल, सिकन्दर रजा, रवि बोपारा, रिजन ढकाल, कमलसिंह ऐरी, अर्जुन साउद, विवेककुमार यादव, रञ्जित कुमार, मौसम ढकाल, डेविड मलान र डाम मोस्ली।
पोखरा एभेन्जर्स : दासुन करुणारत्ने (कप्तान), कुशल भुर्तेल, विपिन खत्री, सागर ढकाल, किरण ठगुन्ना, अर्जुन कुमाल, अर्जुन घर्ती मगर, सुदीप अर्याल, मेहदी हसन, सदीरा समाराविक्रमा र युवराज साम्रा।