नेपाल प्रिमियर लिग (एनपिएल)मा शुक्रबारको पहिलो खेलमा कर्णाली याक्स र सुदूरपश्चिम रोयल्स भिड्दैछन्।
खेलमा सुदूरपश्चिमविरूद्ध कर्णालीले टस जितेर बलिङ् रोजेको छ।
चार खेल खेलिसकेको सुदूरपश्चिमका लागि आजको खेल महत्त्वपूर्ण छ। चार खेलमा उसले दुई खेल मात्रै जितेको छ।
कर्णालीले तीन खेल मात्रै खेलेको छ। उसले एउटा मात्रै खेल हारेको छ। ४ अंकका साथ कर्णाली अहिले तालिकाको तेस्रो स्थानमा छ।
कर्णालीबाट खेल्नका लागि साउथ अफ्रिकाका डेभिड मिलर काठमाडौं आइसकेका छन्।
कर्णालीमा युवराज खत्रीको स्थानमा सूर्य तामाङ र अकबर अलीको स्थानमा डेभिड मिलरले खेल्दैछन्। यस्तै सुदूरपश्चिममा रदरफोर्डको स्थानमा थारिन्दु रत्नायकेले खेल्ने भएका छन्।
सुदूरपश्चिम रोयल्सको प्लेइङ ११ :
दीपेन्द्रसिंह ऐरी, विनोद भण्डारी, आरिफ शेख, इशान पाण्डे, हेमन्त धामी, अभिनास बोहरा, सैफ जैब, ब्राण्डन म्याकमुलन, स्कट कुगेलेइन, थारिन्दु रत्नायाके।
कर्णाली याक्सको प्लेइङ ११ :
सोमपाल कामी, गुल्सन झा, नन्दन यादव, दीपक डुम्रे, युनिस सिंह ठकुरी, पवन सर्राफ, सूर्य तामाङ, डेभिड मिलर, अरिफुल इस्लाम, मार्क वाट र हुसैन तालत।