सिद्धार्थ बैंक नेपाल प्रिमियर लिगमा आज एउटा मात्रै खेल हुने भएको छ।
त्रिवि मैदान कीर्तिपुरमा शनिबार लुम्बिनी लायन्स र काठमाडौं गोर्खाजबीच खेल हुन लागेको हो।
खेल अपराह्न ४ बजे हुनेछ।
लुम्बिनी लायन्स अहिलेसम्म अपराजित छ। उसले खेलेको तीन खेलमा तीनवटै जित निकालेको छ भने एक खेल वर्षाका कारण रद्द हुँदा अंक बाढेको छ।
यसअघि सुदूरपश्चिम, पोखरा र जनकपुरलाई लुम्बिनीले हराएको थियो। चितवनसँगको खेल वर्षाका कारण प्रभावित हुँदा उसले अंक बाडेको थियो।
लुम्बिनी ७ अंकसहित तालिकाको शीर्ष स्थानमा छ।
पहिलो खेलमा जनकपुरसँग पराजित भएको काठमाडौंले त्यसपछिका खेलहरूमा भने उत्कृष्ट प्रदर्शन गर्दै आएको छ।
काठमाडौंले कर्णाली र विराटनगरलाई हराएको छ। ऊ तीन खेल खेलेर ४ अंकका साथ तालिकाको चौथो स्थानमा छ।
आजको खेल दुवै टोलीका लागि महत्त्वपूर्ण छ।