नेपाल सोतोकान कराते संघ (एसकेआईएफ) का प्रमुख प्रशिक्षक निवासगोपाल वैद्य जापानको टोकियोमा हुने अन्तर्राष्ट्रिय कराते सेमिनारमा सहभागी हुने भएका छन्।
सेमिनार मार्च २७ देखि २९ तारिखसम्म हुनेछ । वैद्य शुक्रबार टोाियो जाने छन्।
सेमिनार मार्च २७ देखि सुरु हुने भएपनि टिकट पाउन समस्या भएकाले मार्च २८ तारिखदेखि सेमिनारमा सहभागी हुने वैद्यले बताए ।
काता÷कुमुतेको सेमिनारसंगै ग्रेडिङ पनि हुनेछ। ६९ वर्षको उमेरमा पनि करातेमा सक्रिय छैटौं डान वैद्य नेपाल कराते महासंघका सल्लाहकार पनि हुन्।
वैद्यलाई राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव रामचरित्र मेहतालगायतले बिहीबार एक कार्यक्रमबीच बिदाइ गरे ।