नेपाल शारीरिक सुगठन तथा फिटनेस महासंघको आयोजना तथा चितवन जिल्ला शारीरिक सुगठन तथा फिटनेस संघको व्यवस्थापनमा नवौँ ‘मिस्टर हिमालय’ राष्ट्रिय शारीरिक सुगठन तथा स्पोट्र्स फिजिक च्याम्पियनसिप २०८२ प्रतियोगिता शनिबार चितवनमा सम्पन्न भएको छ।
दुई दिनसम्म (चैत्र १३–१४) सञ्चालन भएको प्रतियोगितामा देशभरबाट १०४ जना खेलाडीले १६ विधामा प्रतिस्पर्धा गरेका थिए ।
७५ केजी वजन समुहबाट समुहगत बिजेता बन्दै च्याम्पियन अफ दि च्याम्पियनमा भिडे्का क्षितिज थापा (नेपाल व्यायाम मन्दिर, काठमाडौंले अन्तिम स्पर्धामा जित्दैं वाकी १०३ खेलाडीहरुको चुनौती पाखा लगाएका थिए । उनले उपाधिसंगै ५ लाख नगद, ट्रफी र व्यानेट हात पारे ।
५५ केजी तौल समूहमा सुनिल आले (बुटवल फिटनेस, रुपन्देही) प्रथम, सागर बि.के (किङ्स फिटनेस, बुटवल) दोस्रो र महेन्द्र बहादुर थापामगर (कम्फर्ट जिम एन्ड फिटनेस सेन्टर, काठमाडौं) तेस्रो भए।
६० केजी तौल समूहमा सुरेश दुवाल (ट्रान्क्विलिटी स्पा प्रा.लि.) प्रथम, धर्मराज खापुङ (वि एन्ड एल फिटनेस, काठमाडौं) दोस्रो र राजेन्द्र सुनार (फिटनेस टाइम, रुपन्देही) तेस्रो स्थानमा रहे। ६५ केजीमा नवराज डुम्ब्रे (भूमहि जिम एन्ड फिटनेस) प्रथम, सुरज घले (त्रिभुवन आर्मी क्लब) दोस्रो र परिष श्रेष्ठ (बडी क्राफ्ट, ललितपुर) तेस्रो भए। ७० केजी तौल समूहमा अनिश रसाइली (फ्रेन्ड्स फिटनेस, दाङ) प्रथम, आशिम सिंह थापा (अल्टिमेट लिफ्टिङ क्लब) दोस्रो र सुसन श्रेष्ठ (पावर फिजिकल फिटनेस सेन्टर, काठमाडौं) तेस्रो स्थानमा रहे ।
७५ केजी तौल समूहमा छितिज थापा (नेपाल व्यायाम मन्दिर, काठमाडौं) प्रथम, योगेन्द्र श्रेष्ठ (पावर फिजिकल फिटनेस, काठमाडौं) दोस्रो र दीपक कुमार तिमल्सिना (फ्री स्टाइल एन्ड जिम) तेस्रो भए। ८० केजी तौल समूहमा दिप जंग रोका मगर (एपेक्स जिम, काठमाडौं) प्रथम, निर्दोष घले (हम्मर फिटनेस एन्ड जिम) दोस्रो र सगेन्द्र सिंह (डिभाइन फिजिकल फिटनेस सेन्टर, कालिमाटी) तेस्रो स्थानमा रहे। ८० केजी माथि तौल समूहमा ललित धिमाल (ग्यालेक्सी फिटनेस, झापा) प्रथम र राम शरण महर्जन (श्याडो फिटनेस सेन्टर) दोस्रो भए र रिसब श्रेष्ठ द जिम एक्स भक्तपुर तेस्रो भए ।
पुरुष एथलेटिक्स फिजिक्स १७० सेमी मुनि तर्फ विधामा रेशम राना (किङ्स फिटनेस, बुटवल) प्रथम, रोहन राई (जुम फिटनेस) दोस्रो र बिजेन्द्र मान श्रेष्ठ (बुटवल फिटनेस) तेस्रो भए भने पुरुष एथलेटिक्स फिजिक्स १७० सेमी माथि अनुप बिक्रम बिष्ट (डिभाइन फिटनेस, कालिमाटी) प्रथम, नम्गेल लामा (नयाँबजार डिभाइन फिजिकल फिटनेस सेन्टर) दोस्रो र सुरज डंगोल (फिटनेस मन्त्र) तेस्रो स्थानमा रहे।पुरुष स्पोर्टस फिजिक्स १७० सेमी मुनि ज्ञानेश्वर चौधरी (आइरन प्याराडाइज फिटनेस एन्ड स्पा, सिनामंगल) प्रथम, अजय कुमार शाक्य (फिटनेस मन्त्र, मुलपानी) दोस्रो र बिजेन महर्जन (गोल्ड्स जिम, काठमाडौं) तेस्रो भए भने पुरुष स्पोर्टस फिजिक्स १७० सेमी माथि मा अनिल श्रेष्ठ (एनीटाइम फिटनेस) प्रथम, सुमन कार्की (एक्टिभ ३ फिटनेस क्लब) दोस्रो र बलिराम कुमार चौधरी (रोहन फिटनेस) तेस्रो स्थानमा रहे ।
महिला तर्फ महिला एथलेटिक्स फिजिक्स विधामा डिभाइन फिजिकल फिटनेस सेन्टर, कालीमाटीकी उर्मिला श्रेष्ठले प्रथम स्थान हासिल गर्दै स्वर्ण पदक जित्न सफल हुनुभएको छ। त्यस्तै, यला जिम ललितपुरकी सिता खत्री दोस्रो, द जिम एक्स भक्तपुरकी सुनु श्रेष्ठ तेस्रो, भालुभैरव जिमकी चुन कुमारी पुन चौथो र सारांश फिटनेस सेन्टर धनगढीकी कल्पना रावल पाँचौँ स्थानमा रहनुभएको छ ।
यसैगरी, महिला मोडल फिजिक्स तर्फ मन्स्टर जिम एण्ड फिटनेस हबकी बिनु जी.टी. प्रथम हुनुभएको छ। यस विधामा शबाना फिटनेसकी कबिता आलेले दोस्रो, अल्टीमेट फिटनेसकी सुजाना घिसिङले तेस्रो, रेड आइरन जिम बन्दीपुरकी मनु थापाले चौथो र राइनो फिटनेस हब चितवनकी गीता लोहनीले पाँचौँ स्थान प्राप्त गर्नुभएको छ।
त्यस्तै, महिला शारीरिक सुगठन (ध्यmभल’क द्ययमथदगष्मिष्लन) विधामा डिभाइन फिजिकल फिटनेस सेन्टर, कालीमाटीकै शीला ठकुरी प्रथम हुनुभएको छ। भक्तपुर वेलनेसकी तारा खाँइजू दोस्रो, पावर फिजिकल फिटनेसकी रिपु घर्ती तेस्रो र रेड आइरन जिम बन्दीपुरकी सर्मिला थापा चौथो स्थानमा रहनुभएको छ ।
बजन समुहका बिजेता खेलाडीहरुले क्रमशः प्रथम हुनेले ५० हजार दोश्रो लाई २५ हजार तेस्रोलाई १५ हजार नगद तथा बजन समुहमा उत्कृष्ट छ जनाले प्रमाणपत्र,ट्रफी र मेडल प्राप्त गरेका थिए ।
विजेता खेलाडीहरूलाई सांसद् रजनी श्रेष्ठ, आयोजक महासंघका अध्यक्ष राजेशबाबु श्रेष्ठ, वरिष्ठ उपाध्यक्ष विजयलाल कायस्थ, उपाध्यक्षहरू सितुप्रसाद श्रेष्ठ र राजन श्रेष्ठ, महासंघका पदाधिकारी सदस्यहरु, डिभाइन फिजिकल फिटनेस सेन्टरकी संचालिका सुनिता प्रधानलगायतले पुरस्कार वितरण गरे ।