नेपालकी रामामाया बुढाले चीनमा भएको चेन्दु ट्रेस रेसमा पहिलो स्थानमा हात पारेकी छन्।
जुम्लाकी धावक राममायाले विपक्षी खेलाडीभन्दा १५ मिनेटअघि दौड पूरा गरेकी छन्।
यो रेस चेन्दु ट्रेस पावर्ड बाइ टिसाइगुको ६० किलोमिटरको हो। राममायाले निर्धारित दूरी ६ घन्टा ६ मिनेट ५७ सेकेन्डमा पूरा गरेकी थिइन्।
उनी नेपाली पुलिस क्लबकी धावक हुन्। पछिल्लो समय ट्रेल रेसमा उनले उत्कृष्ट प्रदर्शन गर्दै आएकी छन्।
यसअघि उनले गएको वर्षमा हङकङको५० किलो मिटर अल्ट्रा म्याराथनमा पनि कीर्तिमानी पदक जितेकी थिइन्।
राममाया अर्की कीर्तिमानी धावक सुनमायाकी बिहीनी हुन्। सुनमायाले पनि ट्रेल रेसमा विभिन्न अन्तर्राष्ट्रिय पदक जितिसकेकी छन्।