नेपाली राष्ट्रिय हक्की टिमले लगाउने जर्सी सार्वजनिक भएको छ।
नेपाल हक्की संघले शुक्रबार रोएल टुलिप होटलमा आयोजना गरेको एक कार्यक्रममा राष्ट्रिय खेलकुद परिषद राखेपका सदस्य राम चरित्र मेहता र नेपाल हक्की संघका अध्यक्ष अनिल प्रसाद शर्माले संयुक्त रुपमा हक्की टिमको जर्सी अनावरण गरेका हुन्।
हक्की संघले पुरुष टिमका लागि रातो र महिला टिमका लागि पिंक रङको जर्सी सार्वजनिक गरेको छ ।
जर्सी सार्वजनिक कार्यक्रममा बोल्दै राखेप सदस्य सचिव मेहताले हक्की संघको यो कामको प्रशंसा गर्दै यसले हक्की खेललाई चिनाउन मदत पुग्ने विश्वास व्यक्त गरे ।
मेहताले राखेपले हक्की खेलको विकास र पूर्वाधार निर्माणका लागि सक्दो सहयोग गर्दै आएको बताए ।
यस्तै नेपाल हक्की संघका महासचिव सुवर्ण श्रेष्ठले हक्की संघले राष्ट्रिय टिमको जर्सी सार्वजनिक गर्दै नयाँ थालनी गरेको र आगामी दिनमा यसले हक्की खेलको बारेमा राम्रो सन्देश दिने बताइन् ।
उनले आगामी दिनमा जर्सी लागि प्रायोजक समेत खोज्ने योजना रहेको जानकारी दिइन् ।
साथै हक्की संघले शुक्रबारै महिला र पुरुषको राष्ट्रिय टिमका लागि २६-२६ खेलाडीको सूची समेत सार्वजनिक गरेको छ ।
गत फागुनमा काठमाडौंमा भएको राष्ट्रिय हक्की प्रतियोगितामा गरेको प्रदर्शनका आधारमा हक्की संघले राष्ट्रिय टिम छनोट गरेको महासचिव श्रेष्ठले जानकारी दिइन्।
गण्डकीकी अंकिता अधिकारीको नेतृत्वमा २६ सदस्यि महिला टिम र गण्डकीकै कुशल नेपालीको नेतृत्वमा २६ सदस्यि पुरुष राष्ट्रिय हक्की टिमको घोषणा गरिएको छ।
महिला टोलीको गोलकिपरमा संजुमगर,खुश्वु राना र मधुकुमारी छन् । यस्तै फरवार्डमा प्रनिता पुडासैनी,आशीका मण्डल, नमिता एस के, बन्दना भट्ट, अन्जली कर्माकर,बविता उराव र मुस्कान राना परेका छन् । यस्तै महिला टिको मिडफील्डमा सितामाया बल, अंकिता मुखिया, गिता पुन मगर, करुणा ठगुन्ना, नीरुता गिरी, सविता राजवंशी, लक्ष्मनिया कुमारी दास, पूर्णीमा नेगी र सपना स्याङवो रहेका छन्।
यस्तै डिफेन्समा सोनु वराल, संजिता श्रेष्ठ,विमु नेपाली, संजु चौधरी, सर्मिला कुमारी र कृति पुलामी छनौट भएका छन् ।
पुरुष टोलीको गोलकिपरमा जोशन राई, विवेक जोशी र उज्ज्वल राजबंशी छन् । यस्तै अट्याक/फरवार्डमा असिम बाहिक, सुदिप चौधरी, बिशु घिमिरे, महेश नेपाली, भरत टमटा, रोनस के यादव र अनिश खड्का परेका छन् । यस्तै पुरुष टोलीको मिडफिल्डमा आयुष शाह, पुरुषोत्तम महतो, मोहन पुन, उमेश श्रेष्ठ, जयन्त बडु, मनिष भट्ट, रोमन राजबंशी, रहेका छन् । यस्तै डिफेन्समा सुजन बोगटी, सौरभ दंगाल, मानकेश्वर साह, विवेक गुरुङ, निशान्त भट्ट, रोहित राजबंशी, संगम घर्ती मगर र अमिन सापकोटा छनौट भएका छन् ।