नेपाल पुलिस क्लब पाँचौँ कृष्ण प्रसाद भट्टराई स्मृति राष्ट्रिय कराते प्रतियोगिताको टिम च्याम्पियन बनेको छ।
७ स्वर्ण, समान ३ रजत र कास्यसहित १३ पदकका साथ च्याम्पियन बनेको छ। एपिएफ दोस्रो र त्रिभुवन आर्मी क्लब तेस्रो भएको छ।
एपिएफले ६ स्वर्ण, ३ रजत र ४ कास्य सहित १३ पदक जित्यो म आर्मीले ४ स्वर्ण, ६ रजत र १ कास्य पदक प्राप्त गर्न सफल भयो।
सातदोबाटो स्थित कराते एकेडेमीमा सबै १७ वटा इभेन्टको फाइनल आज भएको हो।
पुरुष ५० केजीमा पुलिसका राकेश मानन्धरले स्वर्ण पदक जिते । राकेशले फाइनलमा गण्डकी प्रदेशका बमिन गुरुङलाई ६-१ ले हराए। सुदूरपश्चिम प्रदेशका गजेन्द्र साउद र नेपाल पुलिस क्लबका सुजन तामाङले कास्य पदक जितेका छन्।
पुरुष ८४ केजी मुनिको तौल समूहमा एपिएफका मोहम्मद शेखु आलमले स्वर्ण पदक जितेका छन्। शेखु फाइनलमा कृष्ण बुढा मगरलाई ७-० ले हराए। पुलिसका सुरज राजबाहक त गण्डकीका रोशन गरन्जाले कास्य पदक प्राप्त गरे।
महिला ६८ केजी मुनिको तौल समूहको फाइनलमा पुलिसकी आशिका राईले आर्मीकी सम्पदा केसीलाई १-० ले हराउँदै स्वर्ण पदक जितिन् । लुम्बिनीकी रबिना घर्ती मगर र बागमतीकी उरुषा पहारीले कास्य पदक प्राप्त गरिन् ।
महिला ४५ केजी मुनिको तौल समूहमा पुलिसकी वर्षा बुढा मगरले स्वर्ण पदक जितिन्। वर्षाले फाइनलमा एपिएफकी आस्था लुहारलाई ९-० ले पराजित गरिन्। मधेशकी अज्मी अली त लुम्बिनीकी बिन्दु जिएमले कास्य पदक प्राप्त गरे।
पुरुष ५५ केजी तौल समूहमा एलोन श्रेष्ठ च्याम्पियन भएका छन्। एलोनले फाइनलमा बागमतीका निशान घिसिङलाई ६-४ ले हराए । गण्डकीका सन्दीप तामाङ र कोशीका अरुण कुमार लिम्बूले कास्य पदक जिते ।
महिला ५० केजी मुनिको तौल समूहको फाइनलमा एपिएफकी अन्जली महर्जनले बागमतीकी पर्वती श्रेष्ठलाई ९-१ ले हराउँदै स्वर्ण पदक जितेकी छिन्। आर्मीकी नविना डिमडुङ र मधेशकी मनिता मोक्तानले कास्य पदक जिते।
पुरुष ६० केजी मुनिको तौल समूहमा एपिएफका मीनबहादुर तामाङले स्वर्ण पदक जिते । मीनबहादुरले फाइनलमा मधेशका रितेश थिङलाई ७-० ले हराए । बागमतीका सुबिन सुनार र सुदूरपश्चिमका विष्णु विकले कास्य पदक प्राप्त गरे।
महिला ५५ केजी मुनिको तौल समूहमा आर्मीकी प्रियंका शाहीले पुलिसकी सविना श्रेष्ठलाई ७-२ ले हराउँदै स्वर्ण पदक जितेकी। गण्डकीकी निशा पुन मगर र सृजना खुलालले कास्य पदक प्राप्त गरे।
पुरुष ६७ केजी मुनिको तौल समूहमा एपिएफका प्रदीप बैजाली प्रदीप मगरले स्वर्ण पदक जिते । उनले फाइनलमा पुलिसका सन्तोष श्रेष्ठ लाई ५-२ ले हराए। कोशीका सन्देश मगर र बागमतीका मिलन नेपालीले कास्य पदक प्राप्त गरे।
महिला ६१ केजी मुनिको तौल समूहमा पुलिसकी निरुपा तामाङ दोङले स्वर्ण पदक जितिन् । निरुपाले फाइनलमा श्रद्धा सुनार लाई ८-३ ले हराएकी हुन्। एपिएफकी सोनिया तिरुवा र रन्जना चाम्लिङले कास्य पदक प्राप्त गरे।
आर्मीका सिबु ओडले पुरुष ७५ केजी मुनिको तौल समूहमा स्वर्ण पदक जितेका छन्। सिबुले फाइनल पुलिसका राजीव पुडासैनीलाई हराए । कोशीका मनोज विश्वकर्मा र एपिएफका अनिल बरामले कास्य पदक जिते।
रोमान्चक प्रतिस्पर्धाका बीच आर्मीकी श्रद्धा थापाले महिला ६८ केजी माथिको तौल समूहमा स्वर्ण पदक जितिन् । श्रद्धाले फाइनलमा एपिएफकी महिमा राईलाई ८-७ ले हराइन् । कोशीकी सुमना उराँव र सुदूरपश्चिमकी करुणा बडुवालले कास्य पदक प्राप्त गरे।
पुरुष ८४ केजी तौल समूहमा तेन्जिङ शेर्पाले स्वर्ण पदक जिते । तेन्जिङले आर्मीका सुरेश जापरेललाई ९-० ले हराए। बागमतीका अजय ब्लोन र गण्डकीका उज्ज्वल बासुलाले कास्य पदक प्राप्त गरे।
एकल कातामा स्वनिम लगातार चौथो पटक च्याम्पियन
नेपाल पुलिस क्लबका स्वनिम मानन्धर र त्रिभुवन आर्मी क्लबकी सानुमाया थिङ एकल कातामा च्याम्पियन बनेका छन्।
स्वनिम लगातार चौथो पटक पुरुष एकल कातामा स्वर्ण पदक जितेका छन् । आज फाइनलमा स्वनिमले आर्मीका प्रविण मानन्धरलाई हराए । एपिएफका अन्जन यसस्माली मगर र कोशी प्रदेशका खगेन्द्र चाम्लिङ राईले कास्य पदक जिते।
महिला टिम काताको महिला पुलिस च्याम्पियन बनेको छ। पुलिसले फाइनलमा आर्मीलाई हरायो । बागमती र सुदूरपश्चिम प्रदेशले तेस्रो स्थान प्राप्त गर्यो।
पुरुष टिम कातामा पनि पुलिस च्याम्पियन बनेको छ। आर्मीले रजत, बागमती र एपिएफले कास्य पदक प्राप्त गर्यो।
पुलिसकी वर्षा बुढा मगर महिला र एपिएफका प्रदीप बैजाली मगर पुरुषतर्फको वेस्ट फाइटर घोषित भए ।
उनीहरूले नेपाल कराते महासंघका उपाध्यक्ष महेन्द्रबहादुर सिंहबाट सौजन्य प्राप्त २५ हजार रुपैयाँ प्राप्त गरे।
कोशी सृजना खुलाल महिला र सुदूरपश्चिमका विष्णु विक पुरुषतर्फको उदीयमान खेलाडीले घोषित भए। उनीहरूले अर्बजाको गी प्राप्त गरे।
टिम च्याम्पियनले पुलिसले ट्रफीसहित १ लाख ५० हजार, दोस्रो एपिएफले ७५ हजार र तेस्रो आर्मीले ३५ हजार रुपैयाँ प्राप्त गर्नेछ।बागमती प्रदेशका
मुख्यमन्त्री इन्द्रबहादुर बानियाँ, बागमतीका पूर्व युवा तथा खेलकुद मन्त्री मीनकृष्ण महर्जन, बागमती प्रदेश खेलकुदका सदस्य सचिव दीपक लामालगायतले विजेता खेलाडीलाई पुरस्कृत गरे ।
गोदावरी नगरपालिका र बागमती प्रदेश खेलकुद विकास परिषदको मुख्य सहयोग रहेको प्रतियोगितामा बागमती गाउँपालिकाले पनि सहयोग रहेको थियो।
बागमती प्रदेशका निवर्तमान युवा तथा खेलकुद मन्त्री मीनकृष्ण महर्जनको परिकल्पनामा तथा जिल्ला प्रमुख डोजो, ललितपुर, लगनखेनको आयोजनामा बिहीबार सुरु भएको प्रतियोगितामा ७ प्रदेश र ३ विभागका गरी २ सय १० खेलाडीले फाइट र काता गरी १७ इभेन्टमा प्रतिस्पर्धा गरेका थिए।