चिनको होकाईमा जुलाई ४-९ सम्म हुने चौथौ थाउलो विश्वकपका लागि नेपालका दुई खेलाडी छनोट भएका छन्।
नेपालका खेलाडीद्वय विजय सिन्जाली चेनसु विधामा छनोट भएका हुन्। यस्तै ताउसु विधामा सुस्मिता तामाङले प्रतिस्पर्धा गर्नेछिन्।
विश्वकपमा छनोट हुनका लागि सेप्टेम्बर १-७ २०२५ मा ब्राजिलको ब्रासेलियामा १७औं विश्व च्याम्पियनसिपमा दुवै खेलाडीले प्रतिस्पर्धा गरेक थिए।
जसमा विजयले ९.७१० र सुस्मिताले ९.६७०अंक प्राप्त गरेका थिए।
विजयले यसअघि जापानको योकोहामामा भएको तेस्रो उसु थाउलु वल्डकपमा ऐतिहासिक कास्य पदक हासिल गर्न सफल भई सरकार बाट ६५लाख प्राप्त गरेका थिए। साथै उनी अहिले न्युजिल्याडको एन जेड उसु ऐकेडेमीमा वैदेशिक प्रशिक्षणमा रहेका छन्।
सुस्मिता तामाङ् लागि नेपाल ओलम्पिक कमिटिले ऐशियन गेम्स नसकिने बेला सम्मको लागि मासिक ५० हजारको छात्रबृति प्रदान गरेको छ।
दुवै खेलाडी १३औं सागका स्वर्ण विजेता खेलाडी हुन्।