नेपालको चर्चित रेसमध्येको एक मञ्जुश्री ट्रेल रेस (एमटिआर) को छैटौँ संस्करणमा नेपालका अर्जुन कुलुङ राई विजेता बन्नुभएको छ ।
उहाँले यहाँ उपाधि रक्षा गर्नुभएको हो । मञ्जुश्री ट्रेलको प्रमुख इभेन्ट एक सय माइल्स दौड अर्जुनले २६ घन्टा ३७ मिनेट ४९ सकेन्ड समय लगाएर सबभन्दा चाँडै पार गर्नुभयो । नेपालकै मिलन कुलुङ राईले २७ः०५ः१८ सकेन्ड समय लगातार दोस्रो तथा विजय राना मगरले २८ः२५ः१७ सकेन्डसहित तेस्रो स्थान हासिल गर्नुभयो । मिलन पछिल्लो संस्करणमा पनि उपविजेता बन्नुभएको थियो ।
एक सय माइल्स महिला दौडमा नेपालकी आङ फुर्बा शेर्पा ३३ घन्टा १३ मिनेट ०६ सकेन्ड समयसहित विजेता बन्नुभयो । न्युजिल्यान्डकी एनी माइ बान र अनिता राई दोस्रो र तेस्रो हुनुभयो । एनीले ३३ः५१.४१ र अनिताले ३८ः१८.२३ सकेन्ड समय लगाउनुभयो ।
८० किमी दौडमा सुर्य राज राई (१३ः१९ः५४ सकेन्ड) पहिलो, दावा तामाङ (१३ः२०.१५ सकेन्ड) दोस्रो र हरेन्द्रकुमार चौधरी (१५ः२३.३३ सकेन्ड) तेस्रो हुनुभयो ।
८० किमी महिलातर्फ भारतकी दाकाही क्युनडाइट १९ घन्टा २२ मिनेट १६ सकेन्डमा दौड सकाएर पहिलो हुनुभयो । भारतकै नाङक्युसुकी स्लोङ (२१ः५०.५१ सकेन्ड) दोस्रो र बेलायतकी अलेक्जयान्द्रा रिग्ली (२३ः२२.१९ सकेन्ड) तेस्रो स्थानमा रहनुभयो ।
५० किमी पुरुषमा गोपाल तामाङ (०६ः३०.१७ सकेन्ड) पहिलो, होमलाल श्रेष्ठ (०६ः३२.२१ सकेन्ड) दोस्रो र मानकुमार रोका मगर (०६ः५७.२३ सकेन्ड) तेस्रो बन्नुभयो । ५० किमी महिलातर्फ सुनसरी रोकाया (०७ः५३.४६ सकेन्ड) पहिलो, राज्यलक्ष्मी रावल (०८ः४९.१० सकेन्ड) दोस्रो र कल्पना बुढा (०८ः५८.०९ सकेन्ड) तेस्रो स्थानमा रहनुभयो ।
२० किमीमा पुरुषतर्फ विशाल बहादुर तामाङ पहिलो, दिपक तामाङ दोस्रो र पासाङ तामाङ तथा महिला तर्फ मेरी इगेन पहिलो, टुवा मेरी स्कार दोसो र जोहानेसवर्ग रिमर तेस्रो हुनुभयो । यसैगरी दस किम पुरुषतर्फ सुहन तामाङ विशाल तामाङ र सौगत आरसी तथा महिलातर्फ कर्सल लामा, अना लेना र एबी साभिन शीर्ष तीन स्थानमा रहनुभयो ।
छैटौँ मञ्जुश्री ट्रेल रेसको एक सय माइल्स दौड पातलेवनमा वैशाख ४ गते सुरु भएरकाठमाडौँ उपत्यकाको परिक्रममा गरी वैशाख ६ गते पातलेवनमै पुगेर सम्पन्न भएको थियो। यसैगरी अन्य विधा, ८० किमी, ५० कि.मी., २० कि.मी. र १० कि.मि. क्रमशः नगरकोट, गोदावरी, फर्पिङ, र पातलेवनबाट शुरु गरिएको थियो भने समापन पातलेबनमा नै भएका थिए ।
सो दौडमा ३० राष्ट्रका ६०० भन्दा बढी धावकधाविकाले प्रतिस्पर्धा गरेका थिए ।अगामी सातौं संस्करण २०२७ मार्च ५-७ गतेलाई तय गरिएको छ ।