नेपालमा पनि विश्व ताइची तथा छिगोङ दिवस शनिबार मनाइएको छ। हरेक वर्षझै विविध कार्यक्रम आयोजना गरी नेपाल उमा कुङफु संघले दिवस मनाएको हो।
बूढानीलकण्ठ नगरपालिकाकी उप मेयर अनिता लामाले बूढानीलकण्ठ मन्दिर परिसरमा आयोजित कार्यक्रमको उद्घाटन गरिन्।
बूढानीलकण्ठ नगरपालिका वडा ३ को सहयोगमा भएको कार्यक्रममा २ सय ५० भन्दा बढीको सहभागिता रहेको नेपाल उमा कुङफु संघले जनाएको छ।
कार्यक्रममा बूढानीलकण्ठ लायन ड्रागन एसोसिएसनका खेलाडीले आकर्षक लायन डान्स प्रस्तुत गरेका थिए । खेलाडीले छिगोङ, ताइची २४ फम, चाइची स्वोर्ड र ताइची ४२ फम विधाको कलात्मक प्रस्तुती पनि प्रदर्शन गरेको उमा कुङफु संघका अध्यक्ष संजीतकुमार राईले जनाएका छन्।
सो अवसरमा शंखपार्क ताइची तथा छिगोङ क्लबका चन्द्रबहादुर शाह, हरिकुमार कार्की र श्यामप्रसाद गौतम तथा बूढानीलकण्ठ नगरपालिका वडा ३ का सदस्य पूर्व फुटबलर विकास तामाङलाई सम्मान गरिएको थियो।
त्यस्तै करातेकर्मी जनकसिंह खड्का र अन्नपूर्ण पोष्टका खेलकुद पत्रकार विष्णु थापालाई नेपाल उमा कुङफु संघको मानार्थ सदस्य प्रदान गरिएको थियो।
कार्यक्रममा चीन कल्चर सेन्टरका डेपुटी डाइरेक्टर लिउ झान्पिङ, बूढानीलकण्ठ नगरपालिका वडा ३ का अध्यक्ष आकाश धिताल, नेपाल उमा कुङफु संघका उपाध्यक्ष भूपेन्द्र गुरुङ, उपाध्यक्ष रमेश महर्जन, उपाध्यक्ष एवं कार्यक्रम संयोजक सुमन लामा, विभिन्न क्लब र विद्यालयका खेलाडी, प्रशिक्षक, उमा कुङफु संघका पदाधिकारीलगायतको सहभागिता रहेको थियो।