जापान वाता ओपन तेक्वान्दो च्याम्पियनसिपमा नेपालका गणेशबहादुर खड्काले स्वर्ण पदक जितेका छन्।
गणेशले ८७ केजी माथि तौल समूहमा स्वर्ण जितेका हुन्। उनले स्वर्णको भिडन्तमा जापानका खेलाडीलाई हराएका थिए।
यस्तै ८० केजी मुनीको तौल समूहमा प्रवीण श्रेष्ठले रजत पदक जित्न सफल भएका छन्।
प्रवीणले जापानिज खेलाडीलाई हराएर फाइनलमा स्थान बनाएका थिए। फाइनलमा भने उनी इन्डोनेसियन खेलाडीसँग हार्न पुगे।
८७ केजी मुनी तौल समूहमा सन्देश अधिकारीले पनि रजत पदक जितेका छन्। उनले जापानकै खेलाडीलाई हराएर स्वर्ण पदकको भिडन्त पक्का गर्का थिए। तर फाइनलमा इन्डोन्सियाकै खेलाडीसँग पराजित भए।
२२औं संस्करणको यो प्रतियोगिता २४ अप्रिलमा सुरु भएर २७ अप्रिलमा सकिँदैछ।