चीनको सान्यामा भइरहेको छैटौं एसियन बिच गेम्स २०२६ मा नेपालले महिला कबड्डीबाट कास्य पदक जितेको छ।
सेमिफाइनलमा श्रीलंकासँग पराजित भएसँगै नेपाल कास्यमा सीमित भएको हो।
सेमिफाइनलमा नेपालमाथि श्रीलंकाले ४६-४३ ले जित निकाल्यो।
यसअघि नेपालले समूह विजेता बनेर सेमिफाइनलमा स्थान बनाएको थियो भने पदक समेत पक्का गरेको थियो।
समूह ‘बी’ मा नेपालले तीनै खेल जितेर सेमिफाइनलमा स्थान बनाएको हो।
यसअघि महिला कबड्डीले एसियली खेलकुदमा पनि कास्य जितेको थियो।