तेन्जिङ शेर्पाले कास्य पदक जितेर २०औं एसियाली खेलकुदमा नेपालका लागि पहिलो पदक जितेका छन्।
पुरुष ८४ केजीमाथिको तौलसमूहमा तेस्रो स्थाका लागि भएको प्रतिस्पर्धामा शेर्पाले लाओसका खेलाडीलाई ९–१ अंकले पराजित गरि पदक हासिल गरेका हुन् । सेमिफाइनलमा तेन्जिङ इरानका
महमुद नेमातीसँग ५–० ले पराजित भएका थिए । त्यस पछि उनले कास्य पदकका लागि प्रतिस्पर्धा गरेका थिए ।
विगतको भन्दा उच्च स्तरमा पदक हासिल गर्ने उद्देश्यका साथ मैदानमा उत्रिएका नेपाली खेलाडीहरुले आज सम्मको प्रदर्शनमा उत्साही बनाउन सकेका थिएनन् । तर, तेन्जिङको विजय संगै बाँकी खेलका खेलाडीहरुमा हैशला संगै उत्साह बढेको छ ।
सबै कुनै न कुनै पदकका लागि आशा गरिएकी एरिकाले समेत सफलता पाउन सकिनन् । उनी पनि कांस्य पदकका लागि निकै उत्कृष्ट खेल्दा खेल्दै पनि पराजित भइन् ।
एसियाली खेलकुदमा हालसम्म शेर्पाको सहित २७ पदक प्राप्त भएको छन् । यसमा करातेले खेलाडीहरुले ५ वटा पदक देशका लागि दिए । एरिका गुरुङले १९औं एसियाडमा ऐतिहासिक रजत पदक दिलाएकी थिईन । उनले ६८ केजीमाथिको तौल समूहमा रजत पदक जितेकी थिईन् ।
यस्तै जापान कै हिरोसिमामा सन् १९९४ मा भएको एसियाडमा सीता राईले कास्य पदक जितेकी थिईन भने १९९८ मा बैंककको थाइल्यान्डमा भएको एसियाडमा समरबहादुर गोले र दक्षीण कोरियाको इन्चोनमा सन् २०१४ मा भएको एसियाडमा विमला तामाङले देशका लागि कास्य पदक दिलाएका थिए ।
२०औं एसियाली खेलकुद उद्घाटन भएको चौथो दिनसम्म कुनै पदक नआउदा तेन्जिङको सफलताले खेलाडी, पदाधिकारी र खेलप्रेमीहरुमा आशाको सन्चार भएको छ । अव बाँकी प्रर्दशनहरुमा खेलाडीहरु थप उत्साहका साथ खेल्ने विश्वास गर्न सकिन्छ ।
यता बक्सिङमा अझै आश गर्न सकिने अवश्था छ । आजै भएको बक्सिङको पुरुष ६० केजी तौलसमूहको पहिलो चरणमा खगेन्द्र रोका मगर बिजय भएका छन् । उनले मकाउका जोन रेयेस सलिनास एल्भिनलाई ५–० ले पराजित गरेका छन् । पदकका लागि उनले अझ कम्तिमा पनि दुई चरण पार गर्नु पर्ने हुन्छ ।
यस्तै कबड्डीमा पुरुष टिम प्रतिस्पर्धाबाट बाहिरिए पनि महिला टिम प्रति सबैको विश्वास देखिन्छ । लिग चरणमा पहिलो खेलमा थाइल्यान्डलाई ४६–४३ ले पराजित गरेको छ ।
उसुका खेलाडीहरुले पनि सफलता हात पार्न सकेनन् । यस्तै महिला भलिबल अघिल्लो संस्करण भन्दा र्याङकिङमा कमजोर देखियो । सफ्ट टेनिस, टेबलटेनिस, साईक्लिङ लगातका खेलहरु जारी छन् भने क्रिकेट, तेक्वान्दो, गल्फ, ब्याडमिन्टन, जुडोका खेलहरु सुरु हुँदैछन् । यस्तै एथलेटिक्स लगायतका खेलमा राष्ट्रिय नयाँ रेकर्ड राख्ने अपेक्षा गर्न सकिन्छ ।