Ncell
Setopati
x
Ing
Setopati
x
Ing
Nic asia bank
Nic asia bank
Samsung banner
Samsung banner
Setopati साहित्यपाटी
Subscribe Setopati
मंगलबार, मंसिर ९, २०८२ युनिकोड ENEnglish
  • Setopati गृहपृष्ठ
  • कभर स्टोरी
  • राजनीति
  • बजार अर्थतन्त्र
  • नेपाली ब्रान्ड
  • विचार
  • समाज
  • कला
  • ब्लग
  • खेलकुद
  • ग्लोबल
  • प्रिमियम स्टोरी
Royal
Royal

कपल च्यालेन्ज

प्रेमकृष्ण श्रेष्ठ

प्रेमकृष्ण श्रेष्ठ

gibl
gibl
gibl
gibl
Tata box 1
Siddhartha
Tata box 1
Siddhartha

लघुकथा

‘दुनियाँमा सिंगल हुनु जति पीडा अरु केही छैन। मानौ, सिंगल हुनु ठूलो अभिशाप हो। दुनियाँले त हेप्यो, हेप्यो आज एकान्तको साथी फेसबुकले पनि मतिर हेरी अपमान घोल्दै खित्त हाँस्यो।’

सानो ऐनामा घण्टौँ टोलाएपछि आकाशले आफैभित्र बेलुनजस्तै फुकेर फुस्काएको संवाद थियो त्यो। फेसबुकभरि कपल च्यालेन्जका फोटैफोटै लहराएको देख्दा आकाशलाई दुनियाँमा आफूलाई मात्र सिंगल पायो। जस्को पनि कपल, अनि प्रशंसाका कमेन्टहरु पढदा पढदा उस्लाई भित्रभित्र निकै पोल्न थालेको थियो। कास, मेरो पनि कोही दुनियाँमा भइदिएको भए, म पनि फेसबुकको किलामा झुन्डयाइदिन्थेँ भनी विचार गर्दै बस्यो। उस्को दुनियाँका कोही थिएन।

अरुको जोडीले मन अति नै धुँवाएपछि, उस्ले फेसबुक चलाउनै छोड्यो। कपल च्यालेन्जले भने उस्को मनको भित्तो च्यातेर च्यालेन्ज दिइरहेकै थियो। यसै उपज, उस्को मस्तिष्क विकृत हुँदै गइरहेको थियो। ऊ दिउँसै नसाले लठ्ठ भएर बाहिर गल्ली गल्ली भौँतारिन थाल्यो।

भौँतारिने क्रममा, उस्लाई बाहिर ऊजस्तै जुम्ल्याहा पीडा बोकेको कसैले बोलाएर भनिरहेको भान हुन्थ्यो ‘एक कपल फोटो खिच्ने होइन, हामी पनि फेसबुकको भित्तैमा टाँसौ।’

उस्को दिमागमा त जसरी पनि एउटा जोडी फोटो खिच्नु छ र फेसबुकको भित्तोमा टाँस्नु छ र अपमान गर्दै हास्ने दुनियाँको अगाडि तिनीहरुको हाँसोभन्दा दुई गुणा ठूलो आवाजको विस्फोटमा हाँस्नु छ।

ऊ नसाले मातिँदै टहल्दै जाने क्रममा खोलाको बगरमा रहेको एउटा मन्दिरको पाटीमा पुग्यो। जुन पाटीले काखमा भगवान शिवलाई बोकेको भए पनि बस्तीबाट टाढा भएकोले उपेक्षित नै देखिन्थ्यो। त्यो निष्पट्टतामा वर्षोदेखि एउटी पैतीस, चालीस उमेरकी एउटी बहुलाही बस्थी। कपाल कोरेर, हातमा ऐना लिएर ओठमा लिपिस्टिक घोल्दै बस्ने ती बहुलाहीको पीडा आज बल्ल उस्ले नसामा भए पनि बुझ्यो।

Laxmi bank
Laxmi bank

बेहुली हुन चाहने त्यो बहुलही र बेहुला हुन चाहने आफ्नो बहुला मनको पीडाको रंगमा कुनै अन्तर पाएन। अरु बेला त्यस बहुलहीबाट तर्किदै हिँडने आज ऊ बहुलहीको नजिक पुग्यो र अँगालो मार्यो। बहुलही उस्को अँगालोमा गुटमुटिएर खुसीले होकी अरु कारणले, ओठबाट मुस्कान चुहाइरही। उस्ले आफ्नो गोजीबाट मोबाइल निकाल्यो र त्यो अँगालोलाई अझ कस्दै एक सेल्फि खिचिक्क पार्यो र त्यहाँबाट आफ्नो घरतिर हिँड्यो, फटाफट।

त्यो दिन आफ्नो घरको मुल ढोकामा चुकुल लगाउन पनि बिर्स्यो। उस्को पाइलाहरु नसाले लर्खराएको थियो। उस्ले कोठामा पुगेर नसाकै सुरमा फेसबुकमा फोटो पनि टाँस्यो र आफ्नो तर्फबाट कपल च्यालेन्जमा सहभागिता जनायो। कतिले बधाइ कमेन्टमा ओइराए, कतिले लाइकको ठाउँमा खित्त हाँसे। जे होस्, उस्ले एक हप्तापछि पहिलो पटक अपार सन्तुष्टि पायो। त्यही सन्तुष्टि च्याप्दै ऊ भुसुक्क निदायो।

Ncell
Ncell

होसमा आउँदा उस्को पहिलो नजर पुलिसको लठ्ठिमा पुग्यो जस्ले उस्को दाँया कुहिना घोचिरहेको थियो। ‘ए उठ बहुला, उठ’ भन्दै घोचिरहेको थियो। होइन के भयो भन्न नपाउँदै उस्को कठालो तानियो। त्यसपछि पृथ्वीमा जोरले खुट्टा टेकेको ऊ, पुलिसहरुसँगै चौकीमा पुग्यो। चौकीमा त्यही बहुलाही पनि ल्याइएको थियो।

पुलिसको भयबाट मुक्त भएको साँस आफ्नो फोक्सोबाट झिक्दै, उस्ले मनैदेखि साहस निकाल्दै सोध्यो, ‘साहेब, मबाट के गल्ती भयो?’

इन्सपेक्टरले माइलो औँलाले बहुलाहीको पेटतिर इशारा गर्दै बोल्यो, ‘अब यो रंगशाला जस्तो ठूलो पेटको जिम्मा तिमीले लिनुपर्छ। मन्दिरमा गएर सुहागरात मनाएको पनि दुनियाँलाई लाइभ दिने हो बहुला। रिपोर्ट आयो होइन? अब योसित बिहे गरी घरजम गर।’

ऊ टवाल्ल भयो। कपल च्यालेन्जमा सहभागी हुन खिचेको एक सेल्फिमा प्रथम भएर पाएको उपहार नियालिरह्यो, एक चिरपरिचित बहुलाहीको अजंगको पेट र त्यस पेटभित्र पनि गुटमुटाएर रहस्यको गर्भमै राखेको एक अर्को बम्पर उपहार। जस्ले ऊतिर होइन, उस्को अनिश्चित भविष्यतिर हेरेर खित्त हाँस्यो, हाँसिरहयो।

प्रकाशित मिति: आइतबार, असोज ११, २०७७  ११:०१
सिफारिस
टी-२० विश्वकपमा नेपालका सबै खेल मुम्बईमा, पहिलो इंग्ल्यान्डसँग खेल्दा चौथो बंगलादेशसँग
टी-२० विश्वकपमा नेपालका सबै खेल मुम्बईमा, पहिलो इंग्ल्यान्डसँग खेल्दा चौथो बंगलादेशसँग
सिंहदरबार बाहिर आज यस कारण भयो जेनजी र प्रहरीबीच तनाव, के हुन् माग?
सिंहदरबार बाहिर आज यस कारण भयो जेनजी र प्रहरीबीच तनाव, के हुन् माग?
चुनाव र संसद पुनर्स्थापनाको दुई डुंगामा सवार एमाले
चुनाव र संसद पुनर्स्थापनाको दुई डुंगामा सवार एमाले
मध्यक्रमका ब्याटर 'फ्लप' भएपछि लुम्बिनीको दोस्रो हार,  काठमान्डुलाई राहत
मध्यक्रमका ब्याटर 'फ्लप' भएपछि लुम्बिनीको दोस्रो हार, काठमान्डुलाई राहत
डिआइजी र मुख्य सचिवसम्म बयान लिइसक्यो जाँचबुझ आयोगले, अब क–कसको बाँकी?
डिआइजी र मुख्य सचिवसम्म बयान लिइसक्यो जाँचबुझ आयोगले, अब क–कसको बाँकी?
केपी ओली, अब तपाईं अभिभावक बन्नुस्, अध्यक्षमा म उठेँ
केपी ओली, अब तपाईं अभिभावक बन्नुस्, अध्यक्षमा म उठेँ
Ntc
Ntc
vianet Below Content Banner 2
vianet Below Content Banner 2
classic teach banner 4
classic teach banner 4
प्रतिक्रिया दिनुहोस्
थप

साहित्यपाटी

सपना चुँडिएको बिहान!
जब खोस्नेहरू खोसिन्छन्!
जीवनको चुनौती!
भरे सपनीमा आइदिनू माया!
मेरो देश!
नर्सहरू रूखा हुन्छन् भन्थे, गलत रहेछु!
ime money transfer
ime money transfer

विचार

तुलानारायण साह
'जेन्डर पोलिटिक्स' मा टेकेर नितिश कुमारले बिहारमा कायम राखेको वर्चश्व तुलानारायण साह
ईश्वर पोखरेल
केपी ओली, अब तपाईं अभिभावक बन्नुस्, अध्यक्षमा म उठेँ ईश्वर पोखरेल
डा. मुकेशराज काफ्ले
यसरी डुब्दैछ पृथ्वी! डा. मुकेशराज काफ्ले
हिरा विश्वकर्मा
कृषिमन्त्रीलाई छ इतिहास बनाउने अवसर! हिरा विश्वकर्मा
Everest bank
Everest bank

ब्लग

दिपक भट्ट (प्रकाश)
पितृस्मरणको रात: आस्थाले धानेका शरीर, सहनशीलताले धानेको परम्परा! दिपक भट्ट (प्रकाश)
मिनेश गुरूङ
जब पब्लिक बसका चालकले भने– पुलिसलाई फोन गरे पनि गर, हामीलाई फरक पर्दैन! मिनेश गुरूङ
मेघराज शंकर
युद्धपछि उभिएको मौन सहर! मेघराज शंकर
विष्णुहरी दाहाल
अबको नेतृत्वले दलगत सीमा होइन, राष्ट्रहितलाई पहिलो स्थान देओस्! विष्णुहरी दाहाल

साहित्यपाटी

अमृतकुमार बोहोरा
सपना चुँडिएको बिहान! अमृतकुमार बोहोरा
Hardik
Hardik
Kamana
Kamana
सन्तोष पौडेल
जब खोस्नेहरू खोसिन्छन्! सन्तोष पौडेल
side bar 17- shivam inner
side bar 17- shivam inner
मनोजकुमार कँडेल
जीवनको चुनौती! मनोजकुमार कँडेल
देवेन्द्र चिनार
भरे सपनीमा आइदिनू माया! देवेन्द्र चिनार

केटाकेटीका कुरा

अनन्य राज सापकोटा
बन्ने नै छ नेपाल! अनन्य राज सापकोटा
अनुस्का सापकोटा
मेरी आमाको दुःख! अनुस्का सापकोटा
दिक्षिता केसी
गाउँ जाने दोस्रो बाटो! दिक्षिता केसी
साईना ढुंगेल
अहिल्यै सबै कुरा थाहा हुन जरुरी छैन! साईना ढुंगेल

पाठक विचार

महिमानसिंह विष्‍ट
सर्वोच्चका शाखा अधिकृत महिमानसिंह विष्टको खण्डन–पत्र महिमानसिंह विष्‍ट
चेतराज जोशी
युवाको आँखामा वनस्पति र पर्यावरण! चेतराज जोशी
प्रकाश विक
फर्किएका खाली हातहरू… प्रकाश विक
सन्दिप पराजुली
विदेशी नागरिकताको 'युद्ध जिते'पछि सामाजिक सञ्जालमा देशप्रेमको ज्वारभाटा! सन्दिप पराजुली

सूचनापाटी

युनिकोडमा टाइप गर्नुहोस् युनिकोडमा टाइप गर्नुहोस्
विनिमय दर विनिमय दर
शेयर बजार शेयर बजार
सुन चाँदि सुन चाँदि
रेडियो सुन्नुहोस् रेडियो सुन्नुहोस्

सम्पर्क
Setopati

Setopati Sanchar Pvt. Ltd. सूचना विभाग दर्ता नंः १४१७/०७६-२०७७ Jhamsikhel Lalitpur, Nepal
01-5429319, 01-5428194 setopati@gmail.com
विज्ञापनका लागि 015544598, 9801123339, 9851123339
सोसल मिडिया
Like us on Facebook Follow us on Twitter Subscribe YouTube Channel Follow us on Instagram Follow us on Tiktok
सेतोपाटी
  • गृहपृष्ठ
  • विनिमय दर
  • शेयर बजार
  • सुन चाँदि
  • हाम्रोबारे
  • सेतोपाटी नीति
प्रधान सम्पादक
  • अमित ढकाल
सेतोपाटी टीम
  • हाम्रो टीम
© 2025 Setopati Sanchar Pvt. Ltd. All rights reserved. Site by: SoftNEP