Ncell
Uniliver1
Samsung banner
Samsung banner
Setopati साहित्यपाटी
Subscribe Setopati
बुधबार, फागुन २७, २०८२ युनिकोड ENEnglish
Uniliver
  • Setopati गृहपृष्ठ
  • कभर स्टोरी
  • राजनीति
  • बजार अर्थतन्त्र
  • नेपाली ब्रान्ड
  • विचार
  • समाज
  • कला
  • ब्लग
  • खेलकुद
  • ग्लोबल
  • प्रिमियम स्टोरी

कपल च्यालेन्ज

Nmb
Nmb
प्रेमकृष्ण श्रेष्ठ

प्रेमकृष्ण श्रेष्ठ

gibl
gibl
gibl
gibl
Tata box 1
Tata box 1

लघुकथा

‘दुनियाँमा सिंगल हुनु जति पीडा अरु केही छैन। मानौ, सिंगल हुनु ठूलो अभिशाप हो। दुनियाँले त हेप्यो, हेप्यो आज एकान्तको साथी फेसबुकले पनि मतिर हेरी अपमान घोल्दै खित्त हाँस्यो।’

सानो ऐनामा घण्टौँ टोलाएपछि आकाशले आफैभित्र बेलुनजस्तै फुकेर फुस्काएको संवाद थियो त्यो। फेसबुकभरि कपल च्यालेन्जका फोटैफोटै लहराएको देख्दा आकाशलाई दुनियाँमा आफूलाई मात्र सिंगल पायो। जस्को पनि कपल, अनि प्रशंसाका कमेन्टहरु पढदा पढदा उस्लाई भित्रभित्र निकै पोल्न थालेको थियो। कास, मेरो पनि कोही दुनियाँमा भइदिएको भए, म पनि फेसबुकको किलामा झुन्डयाइदिन्थेँ भनी विचार गर्दै बस्यो। उस्को दुनियाँका कोही थिएन।

अरुको जोडीले मन अति नै धुँवाएपछि, उस्ले फेसबुक चलाउनै छोड्यो। कपल च्यालेन्जले भने उस्को मनको भित्तो च्यातेर च्यालेन्ज दिइरहेकै थियो। यसै उपज, उस्को मस्तिष्क विकृत हुँदै गइरहेको थियो। ऊ दिउँसै नसाले लठ्ठ भएर बाहिर गल्ली गल्ली भौँतारिन थाल्यो।

भौँतारिने क्रममा, उस्लाई बाहिर ऊजस्तै जुम्ल्याहा पीडा बोकेको कसैले बोलाएर भनिरहेको भान हुन्थ्यो ‘एक कपल फोटो खिच्ने होइन, हामी पनि फेसबुकको भित्तैमा टाँसौ।’

उस्को दिमागमा त जसरी पनि एउटा जोडी फोटो खिच्नु छ र फेसबुकको भित्तोमा टाँस्नु छ र अपमान गर्दै हास्ने दुनियाँको अगाडि तिनीहरुको हाँसोभन्दा दुई गुणा ठूलो आवाजको विस्फोटमा हाँस्नु छ।

ऊ नसाले मातिँदै टहल्दै जाने क्रममा खोलाको बगरमा रहेको एउटा मन्दिरको पाटीमा पुग्यो। जुन पाटीले काखमा भगवान शिवलाई बोकेको भए पनि बस्तीबाट टाढा भएकोले उपेक्षित नै देखिन्थ्यो। त्यो निष्पट्टतामा वर्षोदेखि एउटी पैतीस, चालीस उमेरकी एउटी बहुलाही बस्थी। कपाल कोरेर, हातमा ऐना लिएर ओठमा लिपिस्टिक घोल्दै बस्ने ती बहुलाहीको पीडा आज बल्ल उस्ले नसामा भए पनि बुझ्यो।

Premier
Premier

बेहुली हुन चाहने त्यो बहुलही र बेहुला हुन चाहने आफ्नो बहुला मनको पीडाको रंगमा कुनै अन्तर पाएन। अरु बेला त्यस बहुलहीबाट तर्किदै हिँडने आज ऊ बहुलहीको नजिक पुग्यो र अँगालो मार्यो। बहुलही उस्को अँगालोमा गुटमुटिएर खुसीले होकी अरु कारणले, ओठबाट मुस्कान चुहाइरही। उस्ले आफ्नो गोजीबाट मोबाइल निकाल्यो र त्यो अँगालोलाई अझ कस्दै एक सेल्फि खिचिक्क पार्यो र त्यहाँबाट आफ्नो घरतिर हिँड्यो, फटाफट।

त्यो दिन आफ्नो घरको मुल ढोकामा चुकुल लगाउन पनि बिर्स्यो। उस्को पाइलाहरु नसाले लर्खराएको थियो। उस्ले कोठामा पुगेर नसाकै सुरमा फेसबुकमा फोटो पनि टाँस्यो र आफ्नो तर्फबाट कपल च्यालेन्जमा सहभागिता जनायो। कतिले बधाइ कमेन्टमा ओइराए, कतिले लाइकको ठाउँमा खित्त हाँसे। जे होस्, उस्ले एक हप्तापछि पहिलो पटक अपार सन्तुष्टि पायो। त्यही सन्तुष्टि च्याप्दै ऊ भुसुक्क निदायो।

Ncell
Ncell

होसमा आउँदा उस्को पहिलो नजर पुलिसको लठ्ठिमा पुग्यो जस्ले उस्को दाँया कुहिना घोचिरहेको थियो। ‘ए उठ बहुला, उठ’ भन्दै घोचिरहेको थियो। होइन के भयो भन्न नपाउँदै उस्को कठालो तानियो। त्यसपछि पृथ्वीमा जोरले खुट्टा टेकेको ऊ, पुलिसहरुसँगै चौकीमा पुग्यो। चौकीमा त्यही बहुलाही पनि ल्याइएको थियो।

पुलिसको भयबाट मुक्त भएको साँस आफ्नो फोक्सोबाट झिक्दै, उस्ले मनैदेखि साहस निकाल्दै सोध्यो, ‘साहेब, मबाट के गल्ती भयो?’

इन्सपेक्टरले माइलो औँलाले बहुलाहीको पेटतिर इशारा गर्दै बोल्यो, ‘अब यो रंगशाला जस्तो ठूलो पेटको जिम्मा तिमीले लिनुपर्छ। मन्दिरमा गएर सुहागरात मनाएको पनि दुनियाँलाई लाइभ दिने हो बहुला। रिपोर्ट आयो होइन? अब योसित बिहे गरी घरजम गर।’

ऊ टवाल्ल भयो। कपल च्यालेन्जमा सहभागी हुन खिचेको एक सेल्फिमा प्रथम भएर पाएको उपहार नियालिरह्यो, एक चिरपरिचित बहुलाहीको अजंगको पेट र त्यस पेटभित्र पनि गुटमुटाएर रहस्यको गर्भमै राखेको एक अर्को बम्पर उपहार। जस्ले ऊतिर होइन, उस्को अनिश्चित भविष्यतिर हेरेर खित्त हाँस्यो, हाँसिरहयो।

प्रकाशित मिति: आइतबार, असोज ११, २०७७  ११:०१
सिफारिस
कहिले बन्छ बालेन सरकार?
कहिले बन्छ बालेन सरकार?
पोखरा एभेन्जर्सले जिमी निशमलाई पारिश्रमिक नदिएको विषय के हो?
पोखरा एभेन्जर्सले जिमी निशमलाई पारिश्रमिक नदिएको विषय के हो?
नेप्सेमा 'गोल्डेन क्रस–ओभर', चुनावको कस्तो पर्ला प्रभाव?
नेप्सेमा 'गोल्डेन क्रस–ओभर', चुनावको कस्तो पर्ला प्रभाव?
चुनाव उठेका कांग्रेसका पदाधिकारी कसैले पनि जितेनन्
चुनाव उठेका कांग्रेसका पदाधिकारी कसैले पनि जितेनन्
रास्वपाको पक्षमा अभूतपूर्व लहर – बहुमत ल्याउँछ? कि दुई–तिहाइ नै ल्याउँछ?
रास्वपाको पक्षमा अभूतपूर्व लहर – बहुमत ल्याउँछ? कि दुई–तिहाइ नै ल्याउँछ?
काठमाडौं-८ मा रास्वपाका विराजभक्त सुरूमै फराकिलो मतान्तरले अगाडि
काठमाडौं-८ मा रास्वपाका विराजभक्त सुरूमै फराकिलो मतान्तरले अगाडि
Arghakhachi
Arghakhachi
Ntc
Ntc
vianet Below Content Banner 2
vianet Below Content Banner 2
classic teach banner 4
classic teach banner 4
प्रतिक्रिया दिनुहोस्
थप

साहित्यपाटी

तिमी हारेका होइनौ!
लोकप्रियता!
डोजोभित्रको अन्तिम घण्टी!
खोज्दै...
ढुंगाले हानेको देवदारु!
म कर्णाली हुँ!
ime money transfer
ime money transfer

विचार

नर्बदा घिमिरे
ताज होटल र डस्टबिनको जुत्ता नर्बदा घिमिरे
केशव दाहाल
२१ वटा जिल्ला पुगेर हामीले मतदातालाई सोध्यौं– घोषणापत्र पढ्नुभयो? केशव दाहाल
विजयमणि पौडेल र नरोत्तम अर्याल
चार राजनीतिक दलले शिक्षामा के के गर्न खोजे? विजयमणि पौडेल र नरोत्तम अर्याल
शंकर दाहाल
छिरिङको गाउँमा लागेको चुनावी हावाहुरी! शंकर दाहाल
garima bikash bank
garima bikash bank

ब्लग

दिनेश अधिकारी 'नयाँघरे'
भोटको मौसम, भरोसाको खडेरी! दिनेश अधिकारी 'नयाँघरे'
National life inner
National life inner
अमर अधिकारी
ऋतुअनुसार टाढाबाट गाउँको सम्झना! अमर अधिकारी
अर्जुन मोहन भट्टराई
मेरो एक भोटको दम! अर्जुन मोहन भट्टराई
श्रद्धा अर्याल जोशी
सायद म काठमाडौंको होइन! श्रद्धा अर्याल जोशी
Kumari bank
Kumari bank
mukti
mukti

साहित्यपाटी

मुकुन्द कृष्ण थापा
पञ्च वर्षीय नतिजा! मुकुन्द कृष्ण थापा
Hardik
Hardik
मोहन थापा
बा! मोहन थापा
side bar 17- shivam inner
side bar 17- shivam inner
रमा दुलाल
अद्भुत तिमीले यो अनुभूति दियौ! रमा दुलाल
विदुर दाहाल
जसलाई बिर्सेको थिएँ, अब उसकै घरमा कसरी बस्न जाऊँ! विदुर दाहाल

केटाकेटीका कुरा

अभिनव साउद
मेरो पहिलो बेलायती संसद् भवन भ्रमण! अभिनव साउद
आरभ कर्माचार्य
निर्वाचनमय नेपाल! आरभ कर्माचार्य
संस्कृत आचार्य
मलाई मन परेका पाँच किताब! संस्कृत आचार्य
यूदाइ उ राउत
मेरो लमजुङ यात्रा! यूदाइ उ राउत

पाठक विचार

सिएमसी नेपाल
सिएमसीको खण्डन पत्र सिएमसी नेपाल
महिमानसिंह विष्‍ट
सर्वोच्चका शाखा अधिकृत महिमानसिंह विष्टको खण्डन–पत्र महिमानसिंह विष्‍ट
चेतराज जोशी
युवाको आँखामा वनस्पति र पर्यावरण! चेतराज जोशी
प्रकाश विक
फर्किएका खाली हातहरू… प्रकाश विक

सूचनापाटी

युनिकोडमा टाइप गर्नुहोस् युनिकोडमा टाइप गर्नुहोस्
विनिमय दर विनिमय दर
शेयर बजार शेयर बजार
सुन चाँदि सुन चाँदि
रेडियो सुन्नुहोस् रेडियो सुन्नुहोस्

सम्पर्क
Setopati

Setopati Sanchar Pvt. Ltd. सूचना विभाग दर्ता नंः १४१७/०७६-२०७७ Jhamsikhel Lalitpur, Nepal
01-5429319, 01-5428194 setopati@gmail.com
विज्ञापनका लागि 015544598, 9801123339, 9851123339
सोसल मिडिया
Like us on Facebook Follow us on Twitter Subscribe YouTube Channel Follow us on Instagram Follow us on Tiktok
सेतोपाटी
  • गृहपृष्ठ
  • विनिमय दर
  • शेयर बजार
  • सुन चाँदि
  • हाम्रोबारे
  • सेतोपाटी नीति
प्रधान सम्पादक
  • अमित ढकाल
सेतोपाटी टीम
  • हाम्रो टीम
© 2026 Setopati Sanchar Pvt. Ltd. All rights reserved. Site by: SoftNEP