दुई नेपाली बालकहरू प्रितम आचार्य र आयुष केसी भारतीय टेलिभिजन जि टिभीबाट प्रसारण भइरहेको 'सा रे ग म प लिल च्याम्प्स'को अन्तिम स्पर्धामा पुगेका छन्।
उनीहरू निर्णायक र दर्शकको मतका आधारमा फाइनलमा पुगेका हुन्। उनीहरूसँगै अन्य चार जना पनि अन्तिम स्पर्धामा पुगेका छन्।
उनीहरू डिजिटल राउन्ड, विभिन्न स्थानमा भएका अडिशन, मेगा अडिशन हुँदै अन्तिम स्पर्धामा पुगेका हुन्।
सेमिफाइनलमा आचार्यले 'तडप तडप' गाएका थिए भने केसी 'तुम मिले दिल खिलें' बोलको गीत गाएका थिए।
प्रस्तुतिपछि निर्णायकहरू दुबैलाई उत्कृष्ट प्रतिक्रिया दिदैं तारिफ गरे।
सेमिफाइनलमा नौ जना सहभागी थिए। उक्त रियालिटी शो जी टीभीमा हरेक शनिवार र आइतवार बेलुका प्रशारण हुँदै आएको छ।
गत फेब्रुअरी ९ बाट सुरु भएको प्रतिस्पर्धामा पाँचदेखि १४ वर्षसम्मका बालबालिकाहरूलाई सहभागी छन्।
फाइनल प्रतिस्पर्धा यसै साता प्रसारण हुनेछ।