गायक प्रकाश सपूतले आफ्नो नयाँ 'नमस्कार' गीत सार्वजनिक गरेका छन्। उनले बिहीबार युट्युबमा सो गीत दर्शकमाझ ल्याएका हुन्।
अहिले गीत युट्युबमा २ लाख बढीले हेरिसकेको छन्। उनले यसअघि पनि 'गलबन्दी' जस्ता हिट गीत दिइसकेका छन्।
नयाँ आएको नमस्कार गीतको शब्द उनी आफैंले लेखेका हुन्।
उनले गीतलाई आफ्नै नामको अफिसियल च्यानल मार्फत सार्वजनिक गरेका हुन्।
उनको च्यानलमा सर्वाधिक हेरिएको गीत गलबन्दी ४ करोड बढी दर्शकले हेरिसकेका छन्।