गतवर्ष एकसाथ प्रदर्शनमा आएका तीन नेपाली फिल्म ओटिटी प्लेटफर्ममा क्रमशः रिलिज हुँदैछन्। गत दसैंमा 'छक्का पञ्जा ५', '१२ गाउँ' र 'ज्वाइँ साब' एकसाथ प्रदर्शनमा आएका थिए।
यतिबेला ओटिटी प्लेटफर्म एमएसएम भिडिओ एपमा यी फिल्महरू क्रमशः स्ट्रिमिङ भइरहेका छन्। फिल्म 'ज्वाइँ साब' हालसालै यो प्लेटर्फममा रिलिज भएको छ।
वसन्त निरौलाको निर्देशनमा तयार भएको यो फिल्ममा जितु नेपाल र नीति शाह मुख्य भूमिकामा छन्।
एमएसएम एपमा वैशाख १ गते दीपकराज गिरी र दीपाश्री निरौलाको फिल्म 'छक्का पन्जा ५' पनि रिलिज भइसकेको छ। यो फिल्म पनि दसैंमा 'ज्वाइँ साब' सँग नै रिलिज भएको थियो।
संगै रिलिज अर्को फिल्म '१२ गाउँ' पनि एमएसएम एपमा स्ट्रिमिङ हुने तयारी छ। यो फिल्म पनि केही सातामै सार्वजनिक हुने बताइएको छ।
विराज भट्ट र उनका छोरा समीर भट्टको '१२ गाउँ' गत वर्षको सर्वाधिक धेरै कमाइ गर्ने दोस्रो फिल्म हो।