काठमाडौं महानगरपालिकाको आयोजनामा तीनदिने 'काठमाडौं फिल्म फेस्टिभल २०८३' सुरू भएको छ।
कात्तिक १५ गतेसम्म सञ्चालन हुने महोत्सवमा स्वदेशी तथा विदेशी फिल्मकर्मी, कलाकार र निर्देशक सहभागी हुनेछन्।
महोत्सवमा भारतीय अभिनेत्री शबाना आजमी, जापानी निर्देशक ताकायुकी नाकामुरा र फिल्म विज्ञ मार्को मुलर लगायतका अन्तर्राष्ट्रिय व्यक्तित्व सहभागी छन्।
महानगरपालिकाका प्रवक्ता नवीन मानन्धरका अनुसार महोत्सवमा फिल्म प्रदर्शन, अन्तरसंवाद, मास्टर क्लास, रेड कार्पेट र पुरस्कार वितरण लगायत कार्यक्रम हुनेछन्।
महोत्सवको पहिलो दिन वसन्तपुरमा सम्पदा यात्रा र उद्घाटन समारोह आयोजना गरिएको छ। कार्यक्रममा बसन्तपुर क्षेत्रमा विभिन्न सांस्कृतिक कार्यक्रमहरुको समेत आयोजना गरिएको थियो।
शनिबार अभिनेत्री शबाना आजमीसँग फिल्म र जीवन अनुभवबारे अन्तरसंवाद हुनेछ।
-1793373019.jpg)
-1793373018.jpg)
-1793373018.jpg)
-1793373018.jpg)
-1793373018.jpg)
-1793373018.jpg)
-1793373018.jpg)
-1793373017.jpg)
-1793373017.jpg)
-1793373017.jpg)
-1793373017.jpg)
-1793373017.jpg)
-1793373017.jpg)