फिल्म 'शिवांश: च्याप्टर १' को छायांकन सुरू गरिएको छ।
पोखराको लामाचौरस्थित अकला मन्दिरमा पूजा गर्दै फिल्मको छायांकन सुरू गरिएको हो। 'शिवांश: च्याप्टर १' को पोखराका विभिन्न क्षेत्रमा करिब एक महिना खिचिनेछ।
अञ्जान सिनेमा प्रोडक्सन हाउसको प्रस्तुति रहने फिल्मको निर्देशकमा सन्तोष कुमार आत्रेय छन्। यो उनको डेब्यू निर्देशकीय फिल्म हो।
फिल्ममा प्रवीण खतिवडा, तेज गिरी, रूषा न्यौपाने, विकास जोशी, विमला लिम्बू, प्रदीप कुमार चौधरी, सबिर चुरौटे, उदय कुमार सुब्बा, टिका निरौलालगायत कलाकारको अभिनय रहनेछ।
फिल्मको कथा अञ्जान केसीले लेखेका छन्। निर्माता पनि उनी स्वयं हुन्। फिल्मको सह-निर्मातामा शोभा भण्डारी र अनिस केसी बोगटी रहेका छन्। स्क्रिनप्ले बारत लिम्बूको छ।
फिल्ममा विप्लव प्रतीक र राजनराज शिवाकोटीको गीतरचना रहनेछ। फिल्ममा संगीत न्ह्यू बज्राचार्य र राजनराज शिवाकोटीको छ। राजनराज शिवाकोटी, मिलन नेवार र समीक्षा अधिकारीको स्वर रहनेछ।
फिल्ममा द्वन्द्व निर्देशन मिलन श्रेष्ठको रहनेछ भने कोरियोग्राफर विक्रम चोहान रहनेछन्। मिलन मानन्धर प्रोडक्सन म्यानेजरका रूपमा रहने फिल्ममा आर्ट डिरेक्टर र प्रोडक्सन डिजाइनर प्रतीक चौधरीको रहनेछ।
विराज खड्का भिएफएक्स डाइरेक्टर तथा सुपरभाइजर रहेको फिल्ममा भिएफएक्स प्रोडुसरका रूपमा आदेश सुब्बा (गुडरेज पिक्चर्स) हुनेछन्। कस्ट्युम कमल मिश्रको हुनेछ। एमयूए तुलसा लिम्बू, पोस्टर फोटोग्राफी युवाहाङ राईको रहनेछ।
बारत लिम्बू मुख्य सहायक निर्देशक रहने फिल्ममा स्क्रिप्ट डक्टरको काम सुलक्षण भारतीले गरेका छन्। सरद महतोको डीओपी रहने फिल्मका कार्यकारी निर्माता सम्भू थापा हुन्।
यो फिल्म असोज २४ गतेदेखि प्रदर्शन हुनेछ।