अर्जुन घिमिरे (पाँडे)को निर्देशनमा बनेको फिल्म 'झरीपछिको इन्द्रेणी' को व्यापार एक करोड रूपैयाँ नजिक पुगेको छ।
पुस ४ गतेदेखि प्रदर्शनमा आएको फिल्मले सिनेपाः बक्सअफिसमा पछिल्लो शनिबार (पुस १९) सम्ममा ९३ लाख ८३ हजार ५१६ रूपैयाँ ग्रस कमाइ गरेको हो। चलचित्र विकास बोर्डले सोमबार फिल्मको बक्स अफिस विवरण सार्वजनिक गरेको हो।
यो अवधिमा फिल्मको २९ हजार ६८३ वटा टिकट बिक्री भएको विवरणमा उल्लेख छ।
'झरीपछिको इन्द्रेणी' मा र्यापर समेत रहेका काठमाडौं महानगरका मेयर बालेन शाहको गीत समावेश छ।
फिल्ममा गणेश उप्रेती, रमेश उप्रेती, दीपाश्री निरौला, प्रियाना आचार्य, बिमोचन दवाडी, जेसिका पोखरेल, प्रकाश घिमिरेलगायत कलाकारहरूको अभिनय छ।
फिल्म तेस्रो सातामा प्रदर्शनरत छ।