चर्चित नेपाली हिपहप र्याप कलाकार सुरज क्षेत्री (भ्योमा) ले प्रेमिका श्वेता मिश्रसँग इन्गेजमेन्ट गरेका छन्।
यी दुईले आइतबार बिहान सामाजिक सञ्जालमार्फत इन्गेजमेन्टको खबर सार्वजनिक गरेका हुन्।
भ्योमाका कार्यक्रम, बाल दे, भयंकर लगायतका गीत हिट छन्। भ्योमाले दुर्गेश थापासँग सहकार्य गरेको गीत 'नाच नाच भाइ नाच' शनिबारमात्रै सार्वजनिक भएको छ।
यस्तै, श्वेता पनि कला क्षेत्रमा आबद्ध छिन्।
इन्गेजमेन्टबारे खबर सार्वजनिक भएसँगै भ्योमा र श्वेतालाई प्रशंसकले बधाई दिइरहेका छन्।