आयंका फिल्मस्को पहिलो फिचर फिल्म 'मास्टरनी' को पहिलो झलक सार्वजनिक गरिएको छ।
भारतीय निर्देशक सुवेन्दु घोषद्वारा निर्देशित फिल्मको पहिलो झलकमा अभिनेत्री प्रिंयका कार्कीलाई केन्द्रमा राखिएको छ।
यो फिल्म क्राइम थ्रिलर–मर्डर मिस्ट्री जनरामा निर्माण भएको हो।
फिल्ममा प्रियंकासहित सरोज खनाल, प्रमोद अग्रहरी, आर्यन सिग्देल, अनुप विक्रम शाही, गौरी मल्ल, सिम्रन खड्का, रक्षा थापा, विशाल पहारी, दिनेश काफ्लेलगायत कलाकारहरूको अभिनय छ। यसको सम्पूर्ण छायांकन सकिइसकेको छ।
प्रियंका यो फिल्मको निर्माता समेत हुन्। उनीसहित आयुष्मान जोशी, क्याबिनेट श्रेष्ठ र प्रणित कार्की निर्माता छन् भने कार्यकारी निर्माता सुरक्षा सिंह मल्होत्रा हुन्।
प्रियंका कार्कीको कथा रहेको फिल्ममा शान बस्न्यातको स्क्रिप्ट रहेको छ। स्क्रिन प्ले र डाइलग प्रियंका र शानले संयुक्त रूपमा तयार पारेका हुन्। फिल्ममा युवराज इन्डोरियाको डीओपी छ।
'मास्टरनी' को पहिलो झलकसँगै प्रदर्शन मिति समेत घोषणा गरिएको छ। फिल्म भदौ १२ गतेदेखि प्रदर्शनमा आउनेछ।