सुशील सिटौला र न्यान्सी खड्काको शीर्ष अभिनय रहने फिल्म 'अक्षरा'को शुभमुहूर्त गरिएको छ। शुक्रबार बिहान निर्माण टिमले गुहेश्वरी मन्दिरमा स्क्रिप्ट पूजा गर्दै फिल्मको औपचारिक सुरूआत गरेको हो।
विनय राज पौडेलको निर्देशनमा बन्ने यो फिल्ममा सुशील र न्यान्सीसहित सुशील पोखरेल, पुष्कर राउत, रिस्ता अधिकारी, अंशु महर्जन, गीता अधिकारी, विरेन्द्र कुशवाह र सृजना अधिकारीको अभिनय रहनेछ। साथै बाल कलाकारका रूपमा रोनक खड्का र प्रीसा ढुंगाना पनि देखिनेछन्।
आयोजित मुहूर्त शटमा क्यामेरा दिनेश महरा, रोल शंकर महर्जन र एक्सन-कट मधुसूदन भट्टराईले दिएका थिए। क्ल्यापिङ लव प्याकुरेलले गरेका थिए भने नरिवल दीपक दंगालले फुटाएका थिए।
क्षित बाबु प्रोडक्सन हाउसको प्रस्तुतिमा निर्माण हुने यस फिल्मका गीतकार सुरेन्द्र राना र संगीतकार कर्णराज गिरी रहेका छन्। कोरियोग्राफी रामजी लामिछानेले गर्नेछन् भने द्वन्द्व निर्देशन शंकर महर्जनले सम्हाल्नेछन्।
फिल्मको श्रृंगार मदन न्यौपानेले गर्नेछन् भने भेषभूषा प्रार्थना भट्टराईले सम्हाल्नेछिन्। छायांकन दीपेन बस्न्यातले गर्नेछन्। निर्माण व्यवस्थापक सुमन काफ्ले रहेका छन् भने पोस्टर डिजाइन राकेश दाहालले गरेका छन्।
मुख्य सहायक निर्देशक दिवस बोहरा र सहायक निर्देशक मनोज बोहोरा रहेका छन्। सम्पादन गौतमराज खड्काले गर्नेछन्। कार्यकारी निर्माता सुरज थापाकाजी हुन् भने निर्माता उग्रसेन ढुंगाना र सुग्रसेन ढुंगाना रहेका छन्।
पटकथा तथा संवाद अभिमन्यु निरवीले तयार पारेका हुन्। दर्जनौं फिल्ममा सहायक निर्देशकका रूपमा काम गर्दै आएका विनयले यस फिल्ममार्फत निर्देशनमा डेब्यु गरेका हुन्। फिल्मको वितरण नेशनल सिने ग्रुप नेपाल प्रा.लि.मार्फत दीपक दंगालले गर्नेछन्।