अभिनेत्री वर्षा राउतले आफ्नो फिल्मलाई कसैले सपोर्ट नगरिदिएको भन्दै चित्त दुखाएकी छन्।
उनले टिकटकमा छोटो भिडिओ पोस्ट गर्दै उक्त कुरा बताएकी हुन्। फिल्म 'मालती मंगले' प्रदर्शन भइरहेका बेला उनले टिकटकमा पोस्ट गरेको उक्त भिडिओ यतिबेला सामाजिक सञ्जालमा चर्चामा छ।
उक्त भिडिओमा उनले आफ्ना अनुभव र भावनालाई व्यक्त गरेकी छन्।
वर्षाले भनेकी छन्, 'हरेक फिल्म आउँदा मैले सबैलाई कस्तो सपोर्ट गरेको जस्तो लाग्थ्यो मलाई चाहिँ। डाइरेक्टली, इनडाइरेक्टली गरिरहेको हुन्थे जस्तो लाग्छ। तर मेरो पालामा कसैले नगरिदिँदो रहेछ। एनीवेज थ्यांक यु फर द लभ।' यसो भनिरहँदा वर्षाका आँखा रसाएको देखिन्छ।
उनको यो अभिव्यक्तिलाई दर्शक तथा सामाजिक सञ्जाल प्रयोगकर्ताहरूले कलाकारबीचको आपसी सहयोग र समर्थन संस्कृतिसँग जोडेर हेरेका छन्।
गत शुक्रबारदेखि प्रदर्शनमा आएको फिल्म 'मालती मंगले' मा वर्षाको अभिनयलाई दर्शकहरूले प्रशंसा गरिरहेका छन्।
गायक रामकृष्ण ढकालको प्रस्तुति रहेको फिल्ममा वर्षा र विजय बराल मुख्य भूमिकामा छन्।