फिल्म लेखक, निर्माता तथा निर्देशक कृष्ण चापागाईंको ५२ वर्षको उमेरमा निधन भएको छ। अमेरिकाको बोस्टन बस्दै आएका उनको हृदयाघातका कारण निधन भएको हो।
हृदयघात भएपछि केही दिनअघि आईसीयूमा भर्ना गरिएका उनको उपचारका क्रममा बुधबार बिहान निधन भएको अमेरिकामा बस्दै आएका निर्देशक तथा निर्माता सुमन दाहालले बताए।
'चट्टान', 'इज्जतदार', 'निखिल दाइ' जस्ता फिल्मका निर्माता निर्देशक चापागाईंले पहिले काठमाडौं जोरपाटीमा फिल्म सुटिङ इन्डोर स्टुडिओ समेत सञ्चालन गरेका थिए।
परिवारसहित अमेरिकामा बस्दै आएका उनी भविष्यमा स्वदेश फर्किएर पुनः फिल्म निर्माणमा सक्रिय हुने योजनामा थिए।