विजय बराल र पूजा शर्माको मुख्य अभिनय रहने फिल्म 'रत्यौली'को प्रदर्शन मिति तय गरिएको छ।
निर्माण पक्षले यो फिल्म आगामी फागुन २१ गतेदेखि विश्वव्यापी रूपमा प्रदर्शनमा आउने घोषणा गरेको हो।
पूजा शर्माको प्रस्तुति, सुरज आचार्यको निर्माण रहने फिल्मलाई मुस्कान ढकालले निर्देशन गर्दैछन्।
नाईटिङ्गेल ईन्टरटेन्मेन्ट प्रा.लि र पूजा शर्मा प्रोडक्सनको व्यानरमा निर्माण हुन लागेको फिल्मको छायांकन भदौ महिनाबाट सुरू हुँदैछ। फिल्मको वितरणको जिम्मा रिच इन्टरटेन्मेन्टका लागि करण श्रेष्ठले लिएका छन्।
वितरक श्रेष्ठका अनुसार महाशिवरात्रि र अन्तर्राष्ट्रिय नारी दिवसको अवसरलाई लक्षित गर्दै फिल्मको प्रदर्शन मिति फागुन २१ गते तय गरिएको हो।
सामाजिक कथावस्तुमा आधारित ‘रत्यौली’को हाल प्रि–प्रोडक्सनको काम तीव्र गतिमा भइरहेको निर्माण पक्षले जनाएको छ।
