फिल्म 'अक्षरा'को टिमले समीक्षा अधिकारीको स्वर रहेको तीज गीत सार्वजनिक गरेको छ।
बिहीबार काठमाडौंमा आयोजित कार्यक्रममा 'नाचौन बरिलै' सार्वजनिक गरिएको हो। सुरेन्द्र रानाको शब्द, कर्णराज गिरीको संगीतमा समीक्षाले स्वर दिएकी हुन्।
लोकलयमा आधारित यस गीतको भिडिओमा फिल्मका मुख्य अभिनेत्री न्यान्सी खड्का र रिस्ता अधिकारीले नृत्य गरेका छन्। कोरियोग्राफी रामजी लामिछानेको हो।
विनयराज पौडेल निर्देशित फिल्म 'अक्षरा'मा न्यान्सी र रिस्तासहित सुशील सिटौला, सुशील पोखरेल, पुष्कर राउत, सृष्टि खड्का, अंशु महर्जन, गीता अधिकारी, सिर्जना अधिकारीलगायत कलाकारहरूको अभिनय छ।
क्षित बाबु प्रोडक्सन हाउसको प्रस्तुति रहेको 'अक्षरा'को निर्माता उग्रसेन ढुंगाना र सुग्रसेन ढुंगाना हुन्। सिनेमेटोग्राफर दिपेन बस्न्यात हुन् भने गौतमराज खड्काले सम्पादन गरेका हुन्।
'अक्षरा' आगामी भदौ २६ गतेदेखि देशभर प्रदर्शन हुने तय छ।