स्वस्तिमा खड्का र निश्चल बस्नेत अभिनीत फिल्म 'बेहुली फ्रम मेघौली' युट्युबमा रिलिज भएको छ।
फिल्मलाई आइतबार ओएसआर डिजिटलको युट्युबमार्फत सार्वजनिक गरिएको हो। यो फिल्म २०८१ सालको असोजमा सिनेमा हलमा प्रदर्शनमा आएको थियो।
'बेहुली फ्रम मेघौली' मा साजन काफ्ले र आकाश बरालको लेखन तथा निर्देशन छ। फिल्ममा स्वस्तिमा र निश्चलसहित सिम्रन खड्का, बसुन्धरा भुसाल, विजय बराल, रक्षा थापा, लोकेन्द्र लेखक, सिरू विष्ट, आमिर गौतम, शिशिर शिवाकोटीलगायत कलाकारहरूको अभिनय छ।
अहिलेको सुपरहिट फिल्म 'गौंथली'की अभिनेत्री सिम्रन ‘बेहुली फ्रम मेघौली’मा स्वस्तिमाको बहिनीको भूमिकामा छिन्।
‘बेहुली फ्रम मेघौली’लाई स्वस्तिमा र निश्चलले संयुक्त रूपमा निर्माण गरेका हुन्।
फिल्मले विवाह, परिवार, प्रेम र सामाजिक अपेक्षाबीचको द्वन्द्वलाई हास्य र भावनात्मक शैलीमा प्रस्तुत गर्छ। विशेषगरी परम्परागत पारिवारिक मूल्य र नयाँ पुस्ताको सोचबीचको टकराव फिल्मको मुख्य विषयवस्तु हो।