असोज २ गतेदेखि प्रदर्शनमा आउने तयारीमा रहेको फिल्म 'झिंगे दाउ २'को ट्रेलर सार्वजनिक गरिएको छ।
सार्वजनिक ट्रेलरमा दाजुभाइ, देउरानी-जेठानीबीचको झगडा, आमाको ममता, सन्तानको प्रेम तथा आमा खोज्ने कथालाई प्रस्तुत गरिएको छ।
कपनगढी सिनेमा प्रा.लि. र फिल्म क्रिउ नेपाल प्रा.लिको ब्यानरमा निर्माण भएको फिल्मलाई ज्ञानेन्द्र देउजाले निर्देशन गरेका हुन्। सुलभ प्रतिक देउजा र समीक्षा देउजा निर्माता तथा रोशनी अधिकारी देउजा र नीतु श्रेष्ठ देउजा सह-निर्माता हुन्।
विष्णु घिमिरे 'कल्पित'को डीओपी रहेको फिल्ममा मित्र डी. गुरुङको सम्पादन, अर्जुन पोखरेलको संगीत र रोशन श्रेष्ठको द्धन्द्ध निर्देशन छ।
फिल्ममा केकी अधिकारी, आँचल शर्मा, महेश त्रिपाठी, कुशल विष्ट, आर्यन सिग्देल, हिउँवाला गौतम, सरोज खनाल, वसुन्धरा भुसाल, चैत्यदेवी सिंह, संगम भण्डारी, विजय देउजा, अंशु महर्जन, अभयराज बराल, उत्तम केसी, आशा भुसाललगायत कलाकारहरूको अभिनय छ।
परिच्छेद सेनको पटकथा तथा संवाद रहेको फिल्ममा गोविन्द फुयाँल र शिशिर चालिसेको लेखन छ।
यसअघि सार्वजनिक फिल्ममा समावेश 'जेठानी भर्सेस देउरानी' बोलको तीज ब्याटल गीत युट्युब र टिकटकमा चर्चामा छ।