एकसाथ प्रदर्शनमा आएका फिल्म 'झिंगेदाउ २', 'कार्की साइँला' र 'माया बस्छ कि के हो'को १० दिनको बक्स अफिस विवरण सार्वजनिक भएको छ।
चलचित्र विकास बोर्डले असोज ११ गतेसम्मको व्यापार विवरण आज सार्वजनिक गरेको हो।
विवरणअनुसार तीन फिल्ममध्ये 'झिंगेदाउ २'ले सबभन्दा बढी व्यापार गरेको छ। फिल्मले १० दिनमा १ करोड ३४ लाख ८३ हजार ९ सय २१ रूपैयाँ ग्रस कमाइ गरेको हो। उक्त कमाइ हुँदा फिल्मका ४३ हजार ७६८ टिकट बिक्री भएका छन्।
त्यस्तै, 'कार्की साइँला'ले सोही अवधिमा ५ लाख ७८ हजार ६६० रूपैयाँ ग्रस कमाएको छ। फिल्मको १ हजार ६९६ टिकट बिक्री भएको विवरणमा उल्लेख छ।
अर्को फिल्म 'माया बस्छ कि के हो'को व्यापार भने निकै कम देखिएको छ। फिल्मले १० दिनमा मात्र २३ हजार ६६० रूपैयाँ ग्रस कमाएको छ। यसको जम्मा ९२ टिकट बिक्री भएको बोर्डको विवरणमा उल्लेख छ।
यी फिल्म असोज २ गते एकसाथ रिलिज भएका थिए।