अभिनेता सविन श्रेष्ठ र अभिनेत्री अनु शाह बुवाआमा बनेका छन्। अनुले मंगलबार छोरालाई जन्म दिएकी हुन्।
पहिलोपटक बुवा बनेका सविनले सामाजिक सञ्जालमार्फत खुसी साटेका छन्।
लामो समयदेखिको प्रेम सम्बन्धलाई सविन र अनुले गतवर्ष विवाहमा परिणत गरेका थिए। विवाहअघि उनीहरू करिब आठ वर्ष प्रेम सम्बन्धमा थिए। उनीहरूले ‘लक्ष्य’, ‘आधी बाटो’ लगायत फिल्ममा सँगै अभिनयसमेत गरेका छन्।
अभिनयतर्फ सविन पछिल्लो समय फिल्म ‘आबाट आमा २’ मा देखिँदैछन्। उनले ‘अन्दाज’, ‘रावण’, ‘हमेशा’, ‘हवल्दार सुन्तली’, ‘लुटेरा’, ‘रामप्यारी’लगायत फिल्ममा अभिनय गरेका छन्।
अनु शाहले भने ‘भैरव’, ‘धौली’, ‘जन्मभूमि’ लगायतका फिल्ममा अभिनय गरेकी छन्। उनी पछिल्लो पटक २०२४ मा प्रदर्शन भएको फिल्म ‘ईश्वर’मा देखिएकी थिइन्।