बलिउड अभिनेता आमिर खान यतिबेला फिल्म 'सितारे जमीन पर' लाई लिएर चर्चामा छन्। यो फिल्म २० मेमा रिलिज हुँदैछ।
अब उनी अर्काे फिल्ममा राजकुमार हिरानीसँग काम गर्दैछन्। उनीहरूले 'थ्री इडियट्स' र 'पीके' जस्ता फिल्ममा काम गरेका छन्। उनीहरूले पछिल्लो समय सन् २०१४ मा फिल्म 'पीके' मा एकसाथ गरेका थिए। यो फिल्मले बक्स अफिसमा तहल्का मच्चाएको थियो। अब उनीहरूले ११ वर्षपछि एकसाथ काम गर्न लागेका हुन्।
भारतीय सञ्चारमाध्यम दैनिक जागरणका अनुसार अहिले फिल्मको स्क्रिप्टमा काम भइरहेको छ। यो फिल्मको कथा आम मानिससँग जोडिएको घटनाक्रममा आधारित हुनेछ। जसमा रोमान्स, कमेडी र इमोशन सब हुनेछ।
राजकुमार हिरानीले पछिल्लो समय शाहरूख खानसँग फिल्म 'डंकी' मा काम गरेका थिए।