भारतीय अभिनेता इमरान हाशमी अभिनीत आगामी फिल्म 'गनमास्टर जी९'को ट्रेलर सार्वजनिक भएको छ। बुधबार बेलुका सार्वजनिक ट्रेलरमा इमरानलाई ग्याङ्स्टरको भूमिकामा प्रस्तुत गरिएको छ।
प्रेम र बदलाको कथालाई केन्द्रमा राखिएको फिल्ममा अभिनेत्री जेनेलिया देशमुख पनि शीर्ष भूमिकामा देखिनेछिन्।
यो फिल्म एक्सन, रोमान्स र बदलाको कथामा आधारित रहेको निर्माणपक्षले जनाएको छ।
आदित्य दत्त निर्देशित यो फिल्मको निर्माता दीपक मुकुट, हुनार मुकुट र संगीता अहिर हुन्।
'गनमास्टर जी९' २७ नोभेम्बर (मंसिर ११)देखि विश्वव्यापी प्रदर्शन तयारीमा छ।