सनी देओल, वरूण धवन, दिलजीत दोसाँझ, अहान सेट्टीलगायत कलाकारहरूको अभिनय रहेको फिल्म 'बोर्डर २' ले नेपालमा समेत राम्रो कमाइ गरेको छ।
फिल्मले प्रदर्शनको ९ दिन (शनिबार) सम्ममा सिनेपाः बक्सअफिसमा २ करोड २१ लख ९३ हजार ९१० रूपैयाँ कमाएको हो।
उक्त कमाइ हुँदा फिल्मको ६९ हजार ६६ वटा टिकट बिक्री भएको छ। चलचित्र विकास बोर्डले आइतबार 'बोर्डर २' सहित नेपालमा प्रदर्शनरत अन्य विदेशी फिल्मको समेत बक्स अफिस विवरण सार्वजनिक गरेको छ।
भारतमा 'बोर्डर २' को कमाइ २ सय ५० करोड भारूभन्दा माथि पुगेको छ। अनुराग सिंह निर्देशित 'बोर्डर २' भारत–पाकिस्तान युद्धको पृष्ठभूमिमा आधारित छ। भूषण कुमार, कृष्ण कुमार, जे.पी. दत्ता र निधि दत्ता यसको निर्माता हुन्।