भारतीय अभिनेत्री श्रद्धा कपूर अभिनीत फिल्म 'ईथा'को प्रदर्शन मिति सारिएको छ।
यसअघि यो फिल्म आगामी अगस्ट २८ (भदौ १२) देखि प्रदर्शन हुने तय थियो। फिल्म अब डिसेम्बर ४ (मंसिर २८) मा रिलिज हुने भएको हो।
निर्माता कम्पनी म्याडडक फिल्मस्ले सामाजिक सञ्जालमार्फत फिल्मको नयाँ प्रदर्शन मिति घोषणा गरेको हो।
मिति सारिएसँगै 'ईथा' अब यश अभिनीत प्यान-इन्डिया फिल्म 'टक्सिकः ए फेरीटेल फर ग्रोनअप्स' सँग जुध्ने छैन।
लक्ष्मण उतेकर निर्देशित 'ईथा' महाराष्ट्रकी प्रसिद्ध लोककला कलाकार विठाबाई नारायणगावकरको जीवनमा आधारित छ।
फिल्ममा श्रद्धा कपूरले विठाबाईको भूमिका निर्वाह गरेकी छन्।
साथमा रणदीप हुड्डा, अनन्त जोशीलगायत कलाकारहरूको पनि अभिनय छ।
निर्माता दिनेश विजन, लक्ष्मण उतेकर र करिश्मा शर्मा हुन्। फिल्मको यसअघि सार्वजनिक टिजरले राम्रो प्रतिक्रिया पाएको थियो।