बलिउडको बहुप्रतीक्षित फिल्म 'रामायण' बिहीबारदेखि नेपालमा पनि एकसाथ प्रदर्शनमा आएको छ।
फिल्म उच्च शोसहित नेपालमा पनि रिलिज भएको हो।
फिल्मप्रति दर्शकको उच्च चासोलाई मध्यनजर गर्दै नेपालका मल्टिप्लेक्सहरूले बिहानैदेखि रातिसम्मका शो राखेका छन्।
नितेश तिवारी निर्देशित 'रामायण' मा रणवीर कपूरले भगवान् राम, साई पल्लवीले सीता र यशले रावणको भूमिका निर्वाह गरेका छन्।
फिल्ममा सनी देओल, रवी दुबेलगायत चर्चित कलाकारको पनि अभिनय छ।