दक्षिण भारतीय सुपरस्टार रजनीकान्त अभिनीत फिल्म 'जेलर २' हलमा अझै प्रदर्शनरत छ।
नेपालका हलमा समेत फिल्म लागिरहेको छ। फिल्मले बक्स अफिसमा राम्रो कमाइ गरिरहेका बेला यसको ओटिटी प्रदर्शन मिति पनि सार्वजनिक भएको छ।
अमेजन प्राइम भिडिओले नोभेम्बर १२ (कात्तिक २६)देखि फिल्म स्ट्रिमिङ गर्ने घोषणा गरेको हो।
भारतसहित विश्वका २४० भन्दा बढी देश तथा क्षेत्रमा फिल्म हेर्न सकिनेछ। तमिल, तेलुगु, हिन्दी, मलयालम र कन्नड गरी पाँच भाषामा फिल्म उपलब्ध हुनेछ।
नेल्सन दिलीपकुमार निर्देशित 'जेलर २'मा रजनीकान्त पुनः टाइगर मुथुवेल पाण्डियनको भूमिकामा देखिएका छन्। फिल्ममा मोहनलाल, ऋतिक रोशन, विजय सेतुपतिको विशेष भूमिका छ। एसजे सूर्या, शिवराजकुमार, मिथुन चक्रवर्ती, विद्या बालन, राम्या कृष्णन, योगी बाबुलगायत कलाकार पनि फिल्ममा छन्।
'जेलर २' ले तमिल फिल्म इतिहासकै सबभन्दा धेरै कमाइ गर्ने फिल्मको रेकर्ड बनाइसकेको छ।
फिल्म व्यापारसम्बन्धी तथ्यांक सार्वजनिक गर्ने पोर्टल सैकनिल्कका अनुसार प्रदर्शनको २२ औं दिनसम्म फिल्मले भारतमा ५४५.३० करोड भारू ग्रस कमाइ गरेको छ।
यसको भारतीय नेट कलेक्सन ४६६.२२ करोड भारू पुगेको छ भने विश्वव्यापी कमाइ ८२० करोड भारू नाघेको छ।
