तीर्थ गुरूङको उपन्यास 'हिउँको गीत' ले कविडाँडा राष्ट्रिय आख्यान पुरस्कार प्राप्त गरेको छ। यसको पुरस्कार राशी एक लाख ५० हजार ६० रुपैयाँ रहेको छ।
चितवनको साहित्यिक संस्था कविडाँडा साहित्य समाजले वर्षभरिका आख्यानमध्ये उत्कृष्ट छनोट गरी पुरस्कृत गर्दै आएको छ।
यो उपन्यास २०८१ सालमा प्रकाशित भएको थियो।
सुरूमा ३० हजार २०७९ सालदेखि एक लाख २५ हजार रुपैयाँ पुरस्कार राशी रहेकोमा यसै वर्षबाट एक लाख ५० हजार रूपैयाँ पुर्याइएको कविडाँडा साहित्य समाजका अध्यक्ष एलबी क्षेत्रीले बताए।
संस्थाले २०७५ सालदेखि आख्यान पुरस्कार दिन सुरू गरेको हो।
अध्यक्ष क्षेत्रीले यसै पटकदेखि आख्यान पुरस्कारको राशी बढाउनुका साथै आउँदो वर्ष एक लाख ५० हजार रुपैयाँकै कविडाँडा प्रतिभा पुरस्कार पनि दिन सुरू गर्ने घोषणा गरेका छन्।